भारतमा एथर इनर्जीको शोरूममा आगलागी, इलेक्ट्रिक स्कूटर जलेर नष्ट

  • Technology Khabar | १६ जेष्ठ २०७९, सोमबार
भारतमा एथर इनर्जीको शोरूममा आगलागी, इलेक्ट्रिक स्कूटर जलेर नष्ट

काठमाडौं ।

इलेक्ट्रिक स्कूटरमा आगलागी हुने घटनाबीच हालै एथर इनर्जीको एउटा डिलरमा पनि आगलागी भएको छ। तर कम्पनीले भने यसलाई सामान्य घटना बताएको छ।

भारतीय मिडिया भास्कर डटकमका अनुसार एथर इनर्जीले शुक्रबार ट्विटरमार्फत् आफ्ना ग्राहकलाई अरुको कुरा सुन्नुअघि हामी आफैंले चेन्नईको शोरूममा आगलागीको सानो घटना भएको पोस्ट गरेको थियो।

कम्पनीले उक्त घटनामा आफ्ना केही सामग्री तथा स्कूटरमा क्षति पुगेको बताउँदै सबै कर्मचारी सकुशल रहेको र स्थिति नियन्त्रणमा रहेको पनि उल्लेख गरेको छ। उसले आफ्नो उक्त एक्सपेरियन्स सेन्टर पुन: सञ्चालनमा आउने प्रतिबद्धता पनि जनाएको छ।

आगलागी भएको र त्यसबाट क्षति पुगे पनि कम्पनीद्ये उक्त आगलागीको कारण भने सार्वजनिक गरेको छैन। कम्पनीका सह-संस्थापक तरुण मेहताले पनि यस सम्बन्धमा कुनै अपडेट नदिएको भास्कर डटकमले उल्लेख गरेको छ।

कम्पनीको यो एक्सपिरिएन्स सेन्टर चेन्नईको नुंगमबक्कम इलाकामा रहेको छ। सञ्चारमाध्यममा आएका रिपोर्टहरुका अनुसार आगलागीको घटनापछि सबै कर्मचारीलाई छिटोभन्दा छिटो शोरूमबाट बाहिर निकालिएको थियो।

तर धुवाँका कारण केही इलेक्ट्रिक स्कूटरलाई भने बाहिर निकाल्न नसकिएकाले ती सबै पूर्णरुपमा जलेर नष्ट भएका थिए।

प्रकाशित: १६ जेष्ठ २०७९, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार