काठमाडौं ।
सामसङले यस वर्ष आफ्नो स्मार्टफोनको उत्पादन ३ करोड युनिटले कटौती गर्ने भएको छ।
कोभिड-१९ को कारण टेक उत्पादनको बिक्री घटिरहेको छ। साथै रसिया र युक्रेन युद्धको प्रभावको मार पनि स्मार्टफोन उत्पादकले व्यहोर्नु परिरहेको छ। यी लगायत विविध कारणले उत्पादकले आफ्नो उत्पादन कटौती गरिरहेका छन्।
यसैबीचमा कोरियाको मेल विजनेस न्युटका अनुसार सामसङले सन् २०२२ मा स्मार्टफोनको उत्पादन ३ करोड युनिटले कटौती गर्ने भएको हो।
साथै एप्पलले सन् २०२२ मा थप २ करोड आईफोन उत्पादन गर्ने योजनाबाट पछि हटेको टेकक्रन्चले लेखेको छ। अब कम्पनीले सन् २०२१ कै हाराहारीमा उत्पादन गर्नेछ।
प्रकाशित: १६ जेष्ठ २०७९, सोमबार