
काठमाडौं ।
सरकारले विदेशी लगानीको न्यूनतम सीमा पुनरावलोकन गरी २ करोड रुपैयाँसम्म कायम गर्ने भएकोछ।
अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको वार्षिक बजेट पेश गर्दै वैदेशिक लगानी आकर्षित गर्न १० करोड रुपैयाँसम्मको वैदेशिक लगानीको स्वीकृति स्वचालित प्रणालीबाट हुने व्यवस्था मिलाईने घोषणा गरे।
उनकाअनुसार ठूला लगानीकर्ताहरुले विद्युतीय माध्यमबाट प्रत्यक्ष वैदेशिक लगानी स्वीकृतिको माग गरेमा पूर्व तयारीका कार्य गर्न सक्ने गरी सात दिन भित्र प्रारम्भिक स्वीकृति प्रदान गर्ने व्यवस्था मिलाइने भएको छ।
यसका साथै लगानी स्वीकृति र उद्योग संचालन सम्बन्धी बाँकी प्रक्रिया ६ महिनाभित्र पूरा गरिसक्नुपर्ने व्यवस्था मिलाइनेछ।
प्रकाशित: १५ जेष्ठ २०७९, आईतवार