
काठमाडौं ।
व्यवसाय संचालनका सबै बिबरणहरु बायोमेट्रिक प्रणालीमा आधारित गरिने भएको छ।
अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्ष २०७९/८० को लागि बार्षिक बजेट संघिय संसदको संयुक्त बैठकमा पेश गर्दै हाल अन्य व्यक्तिको नाममा दर्ता गरेर कर दूरुपयोग गरिएको भन्दै व्यवसाय संचालनका सबै बिबरणहरु बायोमेट्रिक प्रणालीमा आधारित गरिने घोषणा गरेका हुन्।
उनले नेपाल आयल निगमको सहयोगमा सबै पेट्रोल पम्पहरुमा रियल टाइममा आधारित विद्युतीय बिजक जारी गरिने योजना समेत सार्वजनिक गरेका छन्।
त्यसैगरी भन्सार कार्यालयहरुमा भेहिकल स्क्यानिङ्ग प्रणाली लागू गरिने बताए।
यसका साथै सबै कर बुझाएका करदाताहरुले आफैंले करचुक्ता प्रमाणपत्र प्रिन्ट गर्न सकिने सेवा सुबिधा ल्याउने भएको छ।
प्रकाशित: १५ जेष्ठ २०७९, आईतवार