
काठमाडौं ।
सरकारले नेपालमै एसेम्बल हुने विद्युतीय रिक्सा, स्कुटर तथा मोटरसाइकल उद्योगले प्रयोग गर्ने कच्चा पदार्थमा भन्सार छुट दिने भएको छ।
आगामी आर्थिक वर्ष २०७९/८० को बजेट वक्तव्य मार्फत् सरकारले नेपालमै विद्युतीय रिक्सा, स्कुटर तथा मोटरसाइक उत्पादन गर्ने उद्योगले प्रयोग गर्ने कच्चा पदार्थ वा पाटपूर्जामा १ प्रतिशत मात्र भन्सार महसुल लगाउने भएको हो।
द्दनेपालमा चार पांग्रे सवारी साधन उत्पादन वा एसेम्वल गर्ने उद्योग स्थापना
गरेमा सवारी साधन उत्पादनका लागि चाहिने पाटपूर्जा वा कच्चा पदार्थको
आयातमा उद्योग विभागको सिफारिसमा ५० प्रतिशत अन्तशुल्क छुट दिइनेछ।
साथै, भन्सार महशुलमा २५ प्रतिशत छुट दिइने व्यवस्था बजेटमार्फत् गरिएको छ।
प्रकाशित: १५ जेष्ठ २०७९, आईतवार