
काठमाडौं ।
सरकारले पूर्ण डिजिटल बैंकको स्थापना गरिने घोषणा गरेको छ।
अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्ष २०७९/८० को लागि बार्षिक बजेट संघिय संसदको संयुक्त बैठकमापेश गर्दै पूर्ण डिजिटल बैंकको स्थापना गर्न आवश्यक व्यवस्था मिलाईने घोषणा गरेका हुन ।
यसका साथै उनले भुक्तानी प्रणालीलाई सुरक्षित बनाउन आधुनिक उपकरणहरुको वित्तीय कारोबारलाई विद्युतीय प्रणालीमा आधारित सुरक्षित बनाईने भएको छ।
त्यसैगरी सबै प्रकारका सरकारी भुक्तानीहरु विद्युतीय प्रणालीमा आधारित बनाईने भएको छ।
प्रकाशित: १५ जेष्ठ २०७९, आईतवार