
काठमाडौं ।
अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्ष २०७९/८० को लागि बार्षिक बजेट संघिय संसदको संयुक्त बैठकमा पेश गरेका छन्।
अर्थमन्त्री शर्माले आइतबार बजेट पेश गर्दै धरानमा बाँकेको कोहलपुर र ललितपुरको खुमलटारमा डाटा सेन्टर बनाउन अध्ययन गरिने भएको छ भने धरानमा डाटा सेन्टर तथा बुटबलमा इन्टरनेट एक्सचेन्ज सेन्टरको अध्ययन गरिने भएको छ ।
यसका साथै सूचना प्रविधि केन्द्रको क्षमता विकासका साथै डिजास्टर रिकभरी सेन्टर स्थापना गरिने भएको छ।
त्यसैगरी दूरसञ्चार सेवालाई सर्वसुलभ र गुणस्तरीय बनाउने भएको छ।
डिजिटल नेपाल फ्रेमवर्कको कार्यान्वयन गर्नका लागि पहिलो चरणमा सबै संघिय मन्त्रालयहरुलाई डिजिटल कार्यालयको रुपमा रुपान्तरण गरिने भएको छ।
प्रकाशित: १५ जेष्ठ २०७९, आईतवार