पेट्रोल पम्पमा चार्जिङ स्टेशन

  • Technology Khabar | १५ जेष्ठ २०७९, आईतवार
पेट्रोल पम्पमा चार्जिङ स्टेशन

काठमाडौं ।

सरकारले विद्युतीय सवारीसाधनको प्रयोगलाई प्रोत्सहन गर्न निजी क्षेत्रको सहकार्यमा पेट्रोल पम्पमा चार्जिङ स्टेशन निर्माण गर्ने भएको छ।

आगामी आर्थिक वर्ष २०७९/८० को लागि बजेट सार्वजनिक गर्दै अर्थमन्त्री जनार्दन शर्माले निजी क्षेत्रको सहकार्यमा पेट्रोल पम्पमा चार्जिङ स्टेशन निर्माण गर्ने बताएका हुन्।

यस्तै विद्युत प्राधिकरणले ५० स्थानमा चार्जिङ स्टेशन सञ्चालनमा ल्याउने बजेटमा उल्लेख छ।

यसका साथै सार्वजनिक निकायहरुले विद्युतीय सवारी साधन खरिद गरिनुपर्ने प्रावधान ल्याईने भएको छ भने परम्परागत ईँटा भट्टालाई विद्युतीय ईँटाभट्टाले प्रतिस्थापन गरिनेछ।

प्रकाशित: १५ जेष्ठ २०७९, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...