प्रमुख शहरका सार्वजनिक यातायातमा अनलाइन भुक्तानी गर्न सकिने

  • Technology Khabar | १५ जेष्ठ २०७९, आईतवार
प्रमुख शहरका सार्वजनिक यातायातमा अनलाइन भुक्तानी गर्न सकिने

काठमाडौं ।

सरकारले प्रमुख शहरका सार्वजनिक यातायातमा विद्युतीय प्रणालीबाट भुक्तानी गर्न सकिने व्यवस्था गर्ने भएको छ।

आगामी आर्थिक वर्ष २०७९/८० को लागि बजेट सार्वजनिक गर्दै अर्थमन्त्री जनार्दन शर्माले प्रमुख शहरका सार्वजनिक यातायातमा विद्युतीय प्रणालीबाट भुक्तानी गर्न सकिने बताएका हुन्।

‘सार्वजनिक यातायातलाई प्रतिस्पर्धी, सुरक्षित र भरपर्दो बनाइने छ’, उनले भने।

प्रकाशित: १५ जेष्ठ २०७९, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...