सनराइज क्यापिटलको निःशुल्क डिम्याट खाता खोल्ने सुविधा

  • Technology Khabar | १५ जेष्ठ २०७९, आईतवार
सनराइज क्यापिटलको निःशुल्क डिम्याट खाता खोल्ने सुविधा

काठमाडौं ।

सनराइज क्यापिटल लिमिटेडले निःशुल्क डिम्याट खाता खोल्न सकिने सुविधा ल्याएको छ।

क्यापिटलले “नेपाल सरकारको एक नेपाली एक डिम्याट खाता” अभियानलाई सार्थक बनाउने उद्वेश्यसहित जेष्ठ १६ गतेदेखि असार मसान्तसम्म सम्पूर्ण ग्राहकहरुलाई निःशुल्क डिम्याट खाता खोल्न सकिने सुविधा ल्याएको हो।

क्यापिटलको यस सुविधा तथा अभियानबाट विशेषत पूंजी बजार बाहिर रहेका गृहणी, विद्यार्थी तथा नयाँ लगानीकर्ताहरुलाई विशेष फाईदा पुग्नुका साथै सर्वसाधारण व्यक्तिहरुमा डिम्याट खाताको पहुँचमा वृद्धि हुने कम्पनीले विश्वास लिएको छ। सर्वसाधारणलाई लक्षित गरि ल्याइएको यस्ता कार्यक्रमले सर्वसाधारणहरुलाई पूँजी बजारमा प्रवेशका लागि अवसरका साथै समग्र बजारमा लगानी वृद्धिलाई समेत सहयोग पुग्ने छ।

यस सुविधाका लागि सन्राइज क्यापिटल लिमिटेडको कार्यालय, कमलपोखरी, काठमाडौं, तथा सन्राइज बैंक लिमिटेडका सम्पूर्ण शाखा कार्यालयहरु र सनराइज क्यापिटल लिमिटेडको वेवसाईटबाट पनि पाप्त गर्न सकिने जनाएको छ।

प्रकाशित: १५ जेष्ठ २०७९, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार