देशभर ४ करोड १४ लाख युनिट मोबाइल फोन प्रयोगमा, एकै वर्ष थपिए २५ लाख नयाँ सेट

  • Technology Khabar | १५ जेष्ठ २०७९, आईतवार
देशभर ४ करोड १४ लाख युनिट मोबाइल फोन प्रयोगमा, एकै वर्ष थपिए २५ लाख नयाँ सेट
न्यूरोडको मोबाइल पसलमा मोबाइल फोन किन्दै ग्राहकहरु । फाइल तस्बिर

काठमाडौं ।

हाल देशभर ४ करोड १४ लाख युनिट मोबाइल फोन प्रयोगमा रहेका छन् । सरकारले सार्वजनिक गरेको आर्थिक सर्वेक्षण तथ्यांकअनुसार देशभर प्रयोग भईरहेका फोनहरुको संख्या २०७८ फागुनसम्म ४ करोड १४ लाख ५४ हजार ७ सय ४८ मोबाइल फोन रहेका छन्।

यसअघि २०७८ असारसम्म यो संख्या ३ करोड ८९ लाख ५२ हजार ७० युनिट रहेको थियो ।

मोबाइल फोन सेवाको बिस्तारसँगै आधारभूत टेलिफोनको संख्या कम हुँदै गएको छ ।

तथ्यांकअनुसार पछिल्ला ५ वर्षमा झिनो अन्तरले वृद्धि भईरहेको मोबाइल फोनको संख्या समीक्षा वर्ष भने ह्वात्तै बढेको देखिन्छ।

एक वर्षको अवधिमा २५ लाख २ हजार ६७८ युनिट मोबाइल फोनको संख्या वृद्धि भएको देखिन्छ ।

समीक्षा अवधिमा आधारभूत टेलिफोनको संख्या ८ लाख २४ हजार ९ सय २४ युनिट रहेको छ। यसअघि आर्थिक वर्ष २०७७।७८ मा यो संख्या ८ लाख ८ हजार ५२७ रहेको थियो ।

अन्य किसिमका टेलिफोन सेवाहरुमा समीक्षा अवधिमा २ हजार ९८६ युनिट प्रयोगमा रहेका छन् ।

प्रकाशित: १५ जेष्ठ २०७९, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार