
काठमाडौं ।
सरकारको लगानी भएका सार्वजनिक संस्थाहरु मध्ये सबैभन्दा धेरै आयकर र लाभाशं बुझाउने कम्पनीमा नेपाल दूरसञ्चार कम्पनी लिमिटेड(नेपाल टेलिकम) रहेको छ।
सरकारले सार्वजनिक गरेको आर्थिक सर्वेक्षण र सार्वजनिक संस्थानको वार्षिक समीक्षा २०७९ रिपोर्टअनुसार आर्थिक वर्ष २०७७/७८ मा बढी आयकर योगदान गर्ने संस्थानमा नेपाल टेलिकम रहेको उल्लेख छ। जसले सो अवधिमा ४ अर्ब ८२ करोड ९४ लाख रुपैयाँ आयकर तिरेको छ भने त्यसपछि अन्य सार्वजनिक संस्थानहरु रहेका छन्।
त्यसैगरी सरकारी संस्थानहरुमध्ये लाभांश बुझाउने सिमित संस्थाहरुमा पनि नेपाल टेलिकम रहेकोछ। टेलिकमले ५ अर्ब ४८ करोड ९४ लाख रुपैयाँ लाभाशं सरकारलाई बुझाएकोछ। सरकारले वर्गिकरण गरेको जनपयोगी क्षेत्रका सार्वजनिक संस्थाहरुमध्ये टेलिकमले मात्र लाभांश दिएको हो ।
यसका साथै टेलिकमको संचालन आय २०७७/७८ मा ३.८० प्रतिशतले मात्र वृद्धि भएको तथ्यांकमा उल्लेख छ।
प्रकाशित: १५ जेष्ठ २०७९, आईतवार