सरकारी क्लाउडमा जोडिए २ सय ९५ सरकारी निकायहरु

  • Technology Khabar | १५ जेष्ठ २०७९, आईतवार
सरकारी क्लाउडमा जोडिए २ सय ९५ सरकारी निकायहरु

काठमाडौं ।

चालू आर्थिक वर्षमा सरकारले २९५ सरकारी निकायहरुलाई सरकारी क्लाउडमा पहुँच पुर्याएको छ।

शनिवार सार्वजनिक गरिएको आर्थिक वर्ष २०७८/७९ को आर्थिक सर्वेक्षणअनुसार साझा पूर्वाधारमार्फत सरकारी निकायहरुलाई कम लागतमा सर्भर, मेमोरी, स्टोरेज र नेटवर्क उपलब्ध गराउँदै आईएको सरकारी क्लाउडमा हालसम्म २९५ सरकारी निकायहरुका लागि उक्त निकायका सूचना प्रविधि प्रणाली संचालन गर्न स्रोत उपलब्ध गराईएको छ।

त्यसैगरी २०७८ फागुन मसान्तसम्म ७५१ सरकारी निकायहरुलाई विद्युतीय हाजिरी यन्त्र वितरण गरिएकोमा हाल ५८७ निकायहरुमा संचालनमा रहेको छ। त्यसैगरी ४८२ स्थानीय तहहरुमा सफ्टवेयर वितरण भएकोमा ३७५ स्थानीय तहहरुमा संचालनमा रहेको छ।

प्रकाशित: १५ जेष्ठ २०७९, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार