४४ सरकारी निकायको सूचना प्रविधि सुरक्षण परीक्षण, ३० कर्मचारीलाई साइबर ड्रिलको तालिम

Technology Khabar १५ जेष्ठ २०७९, आईतवार

काठमाडौं ।

सरकारी निकायका सूचना प्रविधि प्रणालीलाई थप भरपर्दो र एक आपसमा अन्तर आबद्ध हुने गरी निर्माण र संचालनको व्यवस्थापन गर्न सरकारी उद्यम परीक्षण(जीईए)को मापदण्ड निर्देशिका र आर्टी फ्याक्ट्री रेस्पिरेटर तयार भई चालू आर्थिक वर्ष २०७८/७९ मा कार्यान्वयनमा आएको छ।

सरकारले शनिवार सार्वजनिक गरेको आर्थिक सर्वेक्षणकाअनुसार सरकारी निकायका सूचना प्रविधि प्रणालीलाई सुरक्षित, भरपर्दो बनाउन र साइबर सुरक्षको चुनौती न्यूनीकरण गर्न ४४ सरकारी निकायका सूचना प्रविधि प्रणालीको सूचना प्रविधि सुरक्षण परीक्षण गरिएको छ।

यसका साथै राष्ट्रिय साइबर आपतकालीन उद्धार टोली सदस्य तथा साइबर सुरक्षा सम्पर्क व्यक्तिको क्षमता अभिवृद्धि अन्तरगत आर्थिक वर्ष २०७७/७८ मा एनसर्ट सदस्य तथा सूचना प्रविधिका ३० कर्मचारीलाई वेबिनारमार्फत साइबर ड्रिलको तालिम प्रदान गरिएको सो प्रतिवेदनमा उल्लेख छ।

प्रकाशित: १५ जेष्ठ २०७९, आईतवार

तपाइको प्रतिक्रिया