
काठमाडौं ।
अनलाइनमार्फत बस टिकट काट्ने सुविधा दिँदै आएको बससेवा डटकमले स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै सञ्चालन गरेको उपहार योजनाका बिजेताले सुनको असर्फी पाएका छन्।
अनलाइन मार्फत टिकट बुकिङ्ग गर्ने तनहुँका नविन जोशी,बुटवलका विक्रम ज्ञवाली र चितवनका मेघराज खड्काले सुनको असर्फी जित्न सफल भएका हुन् । यसैगरि २० जना यात्रुले क्यूएफएक्स् मूभी टिकट जित्न सफल भएका छन् भने २७ जना यात्रुले अल्टिमेट वाटर एडभेन्चर्सको नारायणी नदिमा मोटरबोट टिकट प्राप्त गरेका छन्।
उपहार विजेताहरु बुधवार गोलाप्रथा मार्फत चयन गरिएको थियो । गोलाप्रथा कार्यक्रमको प्रत्यक्ष प्रसारण बससेवाको फेशबुक पेजमार्फत गरिएको थियो।
बससेवाले बैशाख ३० गतेको स्थानीय तह निर्वाचनमा मतदानका लागि जाने यात्रुलाई लक्षित् गर्दै विशेष अफर सार्बजनिक गरेको थियो । अफरमा बैशाख २३ गतेदेखि जेठ ५ गतेसम्म बससेवा मार्फत टिकट काट्ने यात्रु सहभागी रहेका थिए।
बससेवाले आगामी दिनमा पनि यात्रु लक्षित विभिन्न अफर सार्बजनिक गर्दै लैजाने जनाएको छ।
प्रकाशित: १५ जेष्ठ २०७९, आईतवार