गुगल फोटोमा रियल टोन फिल्टर थप

Technology Khabar १५ जेष्ठ २०७९, आईतवार

काठमाडौं ।

गुगलले गुगल फोटोमा नयाँ रियल टोन फिल्टर थप गरेको छ। नयाँ फिल्टर एन्ड्रोइड, आईओएस र वेबमा उपलब्ध छ।

रियल टोन फिल्टरहरु व्यवसायिक तस्वीर निमर्ताहरुले बनाएको हुन्। नयाँ फिल्टरहरुले विभिन्न छालाको रियल कलर सही रुपमा फोटोमा प्रतिनिधित्व गर्नेगरी डिजाइन गरिएको टेकक्रन्चले लेखेको छ।

रिर्पोट अनुसार गुगलले मानिसको छाला रियल कलर देखाउनका लागि पिक्सेल ६ क्यामरा प्रयोग गरेको छ।

गुगलले गत वर्ष पहिलो पटक पिक्सेल फोनका लागि रियल टोन प्रस्तुत गरेको थियो। छालाको विभिन्न कलर टोनहरु भएका अनुहारहरु फोटोमा देखाउनका लागि यस्तो गरिएको थियो।

रियल टोन फिल्टर पल्या, हनी, इजला र डेसर्टमा उपलब्ध छ। यसबाट फोटो तयार गर्दा ‘मेड विथ रियल टोन’ ब्याज एडेटिङ स्क्रिनमा देखिन्छ।

यस महिनाको शुरुवातमा गुगलले इनपुट/आउटपुट डेभलपर कन्फरेन्समा आफ्ना धेरै उत्पादनहरुमा १० सेड स्किन टोन स्केल समावेश गर्ने घोषणा गरेको थियो।

प्रकाशित: १५ जेष्ठ २०७९, आईतवार

तपाइको प्रतिक्रिया