स्थानीय तहको एप ६६४ स्थानमा प्रयोग हुँदै, नागरिक एप्ससँग अन्तरआबद्धता गरिँदै

  • Technology Khabar | १४ जेष्ठ २०७९, शनिबार
स्थानीय तहको एप ६६४ स्थानमा प्रयोग हुँदै, नागरिक एप्ससँग अन्तरआबद्धता गरिँदै

काठमाडौं ।

सरकारले स्थानीय तहहरुका तयार पारेर संचालनमा ल्याएको मोबाइल एप चालु आर्थिक वर्षको फागुन मसान्तसम्म ६६४ स्थानीय तहमा प्रयोगमा आएको छ।

चालु आर्थिक वर्ष २०७८/७९को आर्थिक सर्वेक्षण प्रतिवेदनअनुसार ‘स्थानीय तहहरुका लागि कम टेम्प्लेटमा निर्मित मोबाइल एप्स’ को स्तरोन्नती गरी स्थानीय तहहरुले प्रयोग गरिरेहका वेबसाइटसँग अन्तरआबद्धता गरिएको छ।

यसका साथै सेवा प्रदायकहरुको पेमेन्ट गेटवेसँग समेत अन्तर आबद्ध हुने गरी डिजिटल वालेटको स्तरोन्नती गरिएको छ।

सरकारकाअनुसार हाल यसलाई नागरिक एप्ससँग अन्तर आबद्धता गर्ने कार्य समेत भईरहेको छ।

प्रकाशित: १४ जेष्ठ २०७९, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार