इन्टरनेट ग्राहक घनत्वमा ३४‍.१ प्रतिशतको वृद्धि, टेलिफोन घनत्व १३९.८६ प्रतिशत

  • Technology Khabar | १४ जेष्ठ २०७९, शनिबार
इन्टरनेट ग्राहक घनत्वमा ३४‍.१ प्रतिशतको वृद्धि, टेलिफोन घनत्व १३९.८६ प्रतिशत

काठमाडौं ।

चालु आर्थिक वर्ष २०७८/७९ मा सूचना प्रविधिको पहुँच बढेको सरकारले ठहर गरेको छ। शनिवार सार्वजनिक गरिएको चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षणअनुसार संचार तथा सूचना प्रविधिको पहुँचमा निरन्तर वृद्धि हुँदै गएको छ।

सरकारले सार्वजननिक गरेको सर्वेक्षणअनुसार एकै वर्षमा इन्टरनेट ग्राहक घनत्वमा उच्च वृद्धि भएको देखिएको छ। जसअनुसार चालु वर्षमा ३४‍.१ प्रतिशतको वृद्धि भएको हो।

अर्थमन्त्री जनार्दन शर्माले आज संसदमा पेश गरेको आर्थिक सर्वेक्षणअनुसार २०७८ फागुनसम्म ७३८ स्थानीय तहका कार्यालय, ६,१९० वडा कार्यालय, ५१९६ माध्यमिक विद्यालय र ४,१४७ स्वास्थ्य केन्द्रमा ब्रोडब्याण्ड इन्टरनेट जडान कार्य सम्पन्न भएको छ ।

त्यसैगरी फागुनसम्म टेलिफोन घनत्व १३९.८६ प्रतिशत छ भने इन्टरनेट ग्राहक घनत्व ११६.९ प्रतिशत रहेको छ।

सर्वेक्षण प्रतिवेदनकाअनुसार २०७७ फागुन मसान्तसम्म यस्तो घनत्व क्रमशः १३०.३ प्रतिशत र ८२.८ प्रतिशत रहेको थियो।

चालु आवमा सरकारको इन्टरनेट ग्राहक घनत्व लक्ष्य ९४ प्रतिशत रहेको थियो।

प्रकाशित: १४ जेष्ठ २०७९, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार