सामसङले अब भारतमा सस्तो किप्याड फिचर फोन बिक्री नगर्ने

  • Technology Khabar | १४ जेष्ठ २०७९, शनिबार
सामसङले अब भारतमा सस्तो किप्याड फिचर फोन बिक्री नगर्ने

काठमाडौं ।

किप्याड भएका आधारभूत फिचर फोनहरू अझै पनि विशेष गरी भारतमा व्यापक रूपमा प्रयोग गरिन्छ। गरिब वर्ग, स्मार्टफोनमा सहज नभएका मानिसहरुले फिचर फोन आफ्नो खल्तीमा राख्छन्। बजारमा धेरै कम्पनीले फिचर फोन बिक्री गरिरहेका छन् तर सामसङ र नोकियाजस्तो लोकप्रियता कसैले कमाउन सकेको छैन्।

सामसङको कुरा गर्दा, भारतमा यसको सामसङ गुरु र सामसङ मेट्रो सिरिज सबैभन्दा धेरै हिट भएका थिए। त्यहाँ धेरै मोडेलहरू छन्, जसमा म्यूजिक र एफएम भेरियन्टहरू भएका फोनहरू राम्ररी बिक्छन्। पछिल्लो जानकारीअनुसार सामसङले भारतमा आफ्नो फिचर फोन व्यवसाय बन्द गर्न सक्नेछ।

भारतीय समाचारपत्र इकोनोमिक टाइम्सले उल्लेख गरेअनुसार सामसङले भारतमा आफ्नो सस्तो फीचर फोन व्यवसाय समाप्त गर्दैछ। कम्पनीले यो वर्षको अन्त्यसम्ममा आफ्नो फिचर फोन व्यवसाय बन्द गर्ने भएको छ। फिचर फोनको अन्तिम किस्ता डिसेम्बरमा आउने बताइएको छ। यी फोनहरू सामसङको कन्ट्याक्ट मेकर डिक्सनले बनाउने बताइएको छ।

एक कम्पनी स्रोतले इकोनोमिक टाइम्सलाई बताएअनुसार सामसङले आफ्ना च्यानल साझेदारहरूसँग कुरा गरेको छ र उनीहरूले आगामी केही महिनामा वा यस वर्षको अन्त्यसम्ममा भारतमा फिचर फोन व्यवसायबाट बाहिरिने बताएको छ। हाल यसबारे सामसङ र डिक्सनले आधिकारिक रूपमा केही भनेका छैनन्।

रिपोर्टमा कम्पनीले १५ हजार भारतीय रुपैयाँभन्दा माथिको फोनमा फोकस गरिरहेको पनि बताइएको छ। यसको मतलब यो पनि हो कि कम्पनीले अब भारु १५ हजार भन्दा माथिका उपकरणहरू मात्र लन्च गर्नेछ। अर्थात् आगामी दिनमा मानिसहरूले सामसङका इन्ट्री लेभलका स्मार्टफोन पनि हेर्न पाउने छैनन्।

काउन्टरपोइन्ट रिसर्चको तथ्याङ्कले भारतमा फिचर फोनको बिक्री यस वर्षको पहिलो त्रैमासिकमा वार्षिक रूपमा ३९ प्रतिशतले घटेको देखाएको छ। यो समस्या आपूर्ति, उच्च सूची स्तर र घट्दो मागको कारण देखिएको हो। हाल भारतीय बजारमा फिचर फोनको श्रेणीमा आइटेल र लाभा जस्ता कम्पनीहरू शीर्ष ब्रान्डमा रहेका छन्। सामसङ तेस्रो नम्बरमा छ।

प्रकाशित: १४ जेष्ठ २०७९, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार