
काठमाडौं ।
नेपालमा साझा यातायातका विद्युतीय सार्वजनिक गाडीहरुको परीक्षणा भईरहेको बेलामा भारतमा भने विद्युतीय बसहरूको सेवा शुरु भएको छ।
भारतको राजधानी दिल्लीमा मंगलबारदेखि डीटीसीका १५० विद्युतीय बसहरू मंगलबार शुरु भएको भारतीय मिडियाहरुले रिपोर्ट गरेका छन्।
दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले मंगलबार दिल्लीको सडकमा १५० विद्युतीय बस हस्तान्तरण गरेका थिए। सोही क्रममा दिल्ली यातायात निगम कर्मचारी संघले बताएअनुसार एउटा बस बिग्रिएको थियो। मुख्यमन्त्री केजरीवालले झण्डा फहराउने क्रममा आगामी वर्ष भारतको राजधानीमा थप २ हजार बस भित्र्याउने घोषणा गरेका थिए।
यसको सुरुवातको केही घण्टा पछि नै गाडीको तापमान निर्धारित सीमा भन्दा माथि भएकोले दिल्लीको रोहिणी डिपो नजिकै बीचमा एउटा बस बिग्रिएको थियो।
तर, दिल्ली यातायात कर्पोरेसनले बस भित्र निर्मित सुरक्षा सुविधा अर्थात इन बिल्ट सिक्योरिटी फीचरका कारण रोकिएको बताएको छ। जब एक टोलीले त्यसलाई मर्मत गरेपछि दुई घण्टामा सो बस फेरि सडकमा हिंड्न तयार भएको थियो।
दिल्ली सरकारले आगामी १० वर्षमा इलेक्ट्रिक बसहरू खरिद गर्न १,८६२ करोड भारु खर्च गर्ने योजना बनाएको उनले बताएका थिए।
यसको लागि दिल्लीको मुन्डेला कलान, रोहिणी सेक्टर ३७ र राजघाटमा करिब १५० करोड भारुको लागतमा तीन ओटा नयाँ ईभी चार्जिङ डिपो स्थापना गरिएको छ र त्यसको पनि मंगलबार नै उद्घाटन गरिएको थियो।
मंगलबार डिटिसी फ्लीटमा समावेश गरिएका यी १५० विद्युतीय बसमा सीसीटीभी क्यामरा, प्यानिक बटन र जीपीएसलगायतका अत्याधुनिक सुविधा दिइएको छ।
समाचारकाअनुसार भारतमा ११ वर्षपछि सार्वजनिक यातायात व्यवसायीले यति ठूलो परिमाणमा बस किनेका हुन्।
प्रकाशित: १४ जेष्ठ २०७९, शनिबार