ओप्पो रिसर्च ईन्स्टिच्युटद्वारा समावेशी र स्वास्थ्यसम्बन्धी नवीन प्रस्तावहरुको लागि आह्वान

  • Technology Khabar | १३ जेष्ठ २०७९, शुक्रबार
ओप्पो रिसर्च ईन्स्टिच्युटद्वारा समावेशी र स्वास्थ्यसम्बन्धी नवीन प्रस्तावहरुको लागि आह्वान

काठमाडौं ।

विश्वस्तरमा अग्रणी प्राविधिक कम्पनी ओप्पोले, ओप्पो रिसर्च ईन्स्टिच्युट ईनोभेसन एक्सेलेटरको घोषणा गरेको छ। यसमार्फत विश्वभरका प्रविधि व्यवसायी तथा उद्यमीहरुलाई सशक्त तथा थप उर्जा प्रदान गरी सुदृढ जीवन तथा भविष्यका लागि नवीनतम श्रृजना तथा समाधान निस्कने विश्वास लिइएको छ। यस ईनोभेसन एकसेलेटरको लागि ओप्पो रिसर्च ईन्स्टिच्युट माईक्रोसफ्ट फोर स्टार्टअपका रुपमा सहकार्य गर्नेछ । यो कार्यक्रम मार्फत सबै प्रविधि व्यावसायीहरुलाई अनिश्चितताको समयमा पनि मानवताले सामना गर्ने केही महत्वपूर्ण समस्याहरु समाधान गर्न प्रोत्साहित गर्ने लक्ष्य राखेको छ ।

‘भर्टुअस ईनोभेसन’ को विषयवस्तुमा केन्द्रित, ओप्पोले पहुँच योग्य प्रविधि र डिजिटल हेल्थ गरी दुईवटा प्रस्तावहरुको आह्वान गरेको छ । सहभागी टोली वा व्यक्तिहरु द्वारा पेश गरिएका प्रस्तावहरुको मुल्याङ्कन पछि दस ओटा सम्म प्रस्तावलाई प्रतिप्रस्ताव ४६,००० डलरको अनुदान प्रदान गरिनेछ, साथै लगानीका अवसरहरु, प्राविधिक सहयोग, अनुसन्धान, व्यावसायिक साझेदारी र विश्वव्यापी रुपमा प्रस्तुतिका लागि थप अवसरहरु प्रदान गरिनेछ।

ओप्पो अनुसन्धान संस्थानका उपाध्यक्ष प्रमुख लेभिन लिउले भन्नुभयो– ‘ओप्पोले भर्टुअस ईनोभेसन’ को धारणामा गहिरो विश्वास गर्छ। हामीले नयाँ प्रविधि पत्ता लगाउन खोज्दा, मानिसहरुलाई पहिलो स्थान दिन्छौँ र प्रविधिको माध्यमबाट मानिसहरुले सामना गरिरहेका केही ठूला समस्याहरु समाधान गर्ने प्रयास गरिरहेका छौँ ताकि हामी सबैका लागि राम्रो सँसार श्रृजना गर्न सकौँ” जनसङ्ख्या वृद्वि, कमजोर जनस्वास्थ्य र दिनप्रतिदिन बढ्दो डिजिटल विभाजन जस्ता विश्वव्यापी समस्याहरुको गम्भीरतासँगै हामीले प्राविधिक शक्ति प्रयोग गरेर यी समस्याहरु समाधान गर्न समान विचारधाराका अविष्कारहरुलाई सशक्त बनाउन ईनोभेसन एक्सेलेटर शुरु गरेका छौं।

अनुदान र प्राविधिक सहयोगको उद्देश्य प्रतिभाशाली उद्यमीहरुलाई उनीहरुको भिजन लाई साकार गर्न २०२२ ईनोभेसन एक्सेलेटरले मे ८, २००२ देखि अनलाईन आवेदनहरु खोलिसकेको छ र तीन महिनाको प्रारम्भिक मूल्याङ्कन र डेमो डे रोड शो पछि घोषणा गरिनेछ। ओप्पोले सबै विजेता टोली वा व्यक्तिहरुलाई आर्थिक अनुदान उपलब्ध गराउनेछ, साथै उनीहरुलाई आफ्ना विचारहरुलाई थप कार्यान्वयन र प्रवद्र्वन गर्न मद्दत गर्नेछ , प्रत्येक विजेताहरुको प्रस्ताव निम्न प्रोत्साहनको हकदार हुनेछ:–

  • लगभग अमेरिकी डलर ४६,००० सम्म अनुदान
  • साझेदारी र फन्डिङ अवसर
  • ओप्पोका उत्पादनहरुसँग एकीकरणमार्फत प्रस्तावित व्यावसायिकरण
  • विश्व्यापी प्राविधिक कार्यक्रमहरुमा प्रचार र डेमोका अवसरहरु
  • उद्योग व्यावसायीहरुलाई भेट्ने र विचारहरु प्रस्तुत गर्ने अवसरहरु सहित
  • ओप्पोको रिसर्च एण्ड डेभलपमेन्ट टोलीबाट समर्थन

प्रस्तावहरुको मूल्याङ्कन विशिष्ट निर्णायक समितिको पर्यवेक्षणमा गरिनेछ, जहाँ उनीहरुलाई चार प्रमुख मापदण्डहरुः सम्भाव्यता, नवीनता, मौलिकता र दीर्घकालिन सम्भावित प्रस्तावहरु जस्ता क्षमताको मुल्याङ्कन गरिनेछ ।

ओप्पोले उच्च सम्भावित प्रस्तावहरुको पहिचान र मुल्याङ्कन गर्न प्रविधि क्षेत्रका विज्ञ तथा वैज्ञानिकहरु र विशिष्ट निर्णायक समितिलाई पनि आमन्त्रित गरेको छ ।

माईक्रोसफ्ट फोर स्टार्टअप, ग्रेटर चाईना जापान र कोरियाका सीईओ तथा प्रबन्ध निर्देशक जेम्स चाउले भने “स्टार्टअपहरु विभिन्न उद्योगहरुमा डिजिटल समाधानहरु प्रदान गर्न सक्ने नवीन प्रविधिहरुको घर हो”। चीन एक दशकको अनुभवको साथ, स्टार्टअपहरुका लागि माइक्रोसफ्ट सटार्टअपहरु र स्थापित कम्पनीहरुसँगै अविष्कार गर्नका लागि खुला र सहयोगी प्लेटफर्म निर्माण गर्न समर्पित छ । हामी अग्रणी स्मार्टफोन ब्रान्ड ओप्पोसँग सहकार्य गरी विभिन्न नवीनतम प्रविधिहरु समाजमा ल्याउन उत्सुक छौँ।

ओप्पोले छुट्टै रिफरल अवार्डकेपनि व्यवस्था गरेको छ जस अन्तर्गत आफुलाई मन परेको नवीनतम प्रविधि तथा प्रस्तावहरु ओप्पोको वेवसाइटमा गई प्रस्ताप पेश गर्ने चरणमा एक्सेलेटर जजिङ कमिटीलाई रिफर गर्न सकिन्छ । यस प्रकारका रिफरल प्रस्तावहरु यदि मुल्याङ्कनका चरणहरु प्रारम्भिक मुल्याङ्कन, डेमो डे तथा फाइनल चरण पार गरको खण्डमा रिफर गर्ने व्यक्तिहरुलाई पुरस्कारको व्यवस्था गरेको छ।

साथै, ओप्पोले भारतको हैदराबाद, तेल अभिभ, ईजरायलर संयुक्त राज्य अमेरिकामा तीनवटा अन्तर्राष्ट्रिय रोड शो गर्ने योजना बनाएको छ।

ओप्पोले समान विचारधाराका साझेदारहरुसँग मिलेर “ईन्सिपेरेशन अहेड” स्पिरिट प्रदान गर्दछ।

२०२० को शुरुवातदेखि विश्वव्यापी कोभिड–१९ महामारीले विश्वभरका अरबौं मानिसहरुको जीवनलाई बाधा पुर्याएको छ। एकै समयमा, प्रविधिको दु्रत विकासले केही समूहहरुलाई बेफाइदा सहित पछाडी छोड्दैछ, परिणाम स्वरुप उनीहरुका लागि नयाँ चुनौतिहरु सिर्जना गर्दछ। ‘टेक्नोलोजी फर म्यानकाइन्ड, काइन्डनेस फर द वल्र्ड’ को ब्रान्ड मिशन मार्फत समाजप्रतिको आफ्नो जिम्मेवारी र प्रतिबद्धतालाई हृदयंगम गरी ओप्पोले यी र यस्तै अन्य समस्याहरुलाई प्रविधि मार्फत सम्बोधन गर्ने आशा राख्दछ ।

भर्च्युअल ईनोभेसन निरन्तरताको माध्यमबाट, ओप्पोले व्यापक प्रयोगकर्ता र एप्लिेकेसनहरु सहित पहुँचयोग्य प्रविधि, डिजिटल स्वास्थ्यमा समृद्ध अनुभव र विशेषज्ञता हासिल गरेको छ। यी मध्ये वृद्ध प्रयोगकर्ताहरुका लागि पहुँचयोग्य डिजाईन र अनुकुलन, उदाहरणका लागि ँष्लम ह्घ श्रृङ्खलामा यसको कलर भिजन एन्हान्समेन्ट टेक्नोलोजी, जसले रङ्ग दृष्टिको कमीमा मद्दत गर्दछ। कलरओएस अपरेटिङ सिस्टम र अन्य उत्पादनहरुसँग, ओप्पोले वृद्ध प्रयोगकर्ताहरुका लागि विशेष रुपमा अनुकुलित प्रयोगकर्ताको ईन्टरफेस पनि प्रस्तुत गरेको छ। यसले प्रयोगकर्तालाई प्रविधिको फाइदा र सुविधाको आनन्द लिन सक्षम पारेको छ।

विश्वव्यापी प्रयोगकर्ताहरुमाझ स्वास्थ्य व्यवस्थापनलाई सहज बनाउन ओप्पोले हार्डवेयर सफ्टवेयर दुवैमा नवीन डिजिटल स्वास्थ्य उत्पादनहरु विकास गर्न व्यावसायिक चिकित्सा संस्थाहरु र खेलकुद प्रतिष्ठानहरुसँग साझेदारी गर्दै ओप्पो हेल्थ ल्याबको स्थापना गरेको छ। आफ्नो अनुसन्धान र विकास मार्फत ओप्पोले निवारक स्वाथ्य सेवामार्फत मानिसहरुको स्वास्थ्य सुधार गर्न मद्दत गर्ने आशा राखेको छ।

ओप्पोलाई थाहा छ की एकल संगठनको रुपमा विश्वलाई परिवर्तन गर्ने आफ्नो शक्ति सिमीत छ। ईनोभेसन एक्सेलेटर मार्फत ओप्पोले अन्य समान विचारधारा भएका व्यक्तिहरु र संस्थाहरुसँग सम्भावित समाधानहरु पहिचान गर्न र विकास गर्नका लागि जोडिने आशा राखेको छ ताकी तिनीहरुले सबैभन्दा बढी आवश्यकता भएकाहरुलाई फाइदा दिन सकुन्। ओप्पोले ईनोभेसन एक्सेलेटरलाई दीर्घकालिन प्लेटफर्ममा निर्माण गर्न चाहन्छ जसले विश्वभरका उत्कृष्ट समाधानहरु निकाली सार्वजनिक मुद्दाहरुलाई सम्बोधन गर्दछ।

ओप्पो ईनोभेसन एक्सेलेटरको लागि आवेदन ८ मे देखि जुन ३०, २०२२ सम्म खुला रहनेछ।

प्रकाशित: १३ जेष्ठ २०७९, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार