
काठमाडौं ।
रिस्पोन इन्टरटेनमेन्टले केही दिन अघि बहुप्रतिक्षित एपेक्स लेजेन्ड मोबाइल सार्वजनिक गरेको छ। उक्त गेम लन्च भएको छोटो समयमै प्रयोगकर्ताले ४८ लाख अमेरिकी डलर खर्च गरिसकेका छन्।
यसबाट पनि यो गेम सफल भएको अनुमान गर्न सकिने गिगमोचाइनाले लेखेको छ।
एपेक्स लिजेन्ड पीसीको बहुचर्चित गेम हो। जसलाई कम्पनीले भर्खर एन्ड्रोइड तथा आईओएस भर्सनमा सार्वजनिक गरेको छ। यो ब्याटल रोयल स्ट्यालको खेल हो जसमा रहेका अद्वितीय पात्रहरुमा फरक क्षमताहरु रहेको हुन्छ।
यो गेम १७ मे २०२२ देखि पहिलो पटक निश्चित क्षेत्रमा बेटा भर्सनमा सार्वजनिक गरिएको हो। सार्वजनिक भएको एक हप्तामै मोबाइल गेमले ४८ लाख अमेरिकी डलर राजश्व उठाउन सफल भएको छ। प्रयोगकर्ताहरुले हतियार, लिजेन्ड स्किन, ब्याटल पासलगायत कस्मेटिक आईटम खरिद गर्न उक्त रकम खर्चिएका हुन्।
६० वटा मुलुकमा एपेक्स लेजेन्ड मोबाइल सर्वाधिक डाउनलोड हुने गेम पनि बन्न सफल भएको गिगमोचाइनाले उल्लेख गरेको छ। अमेरिकाका प्रयोगकर्ताले मात्र गेमे आईटम खरिद गर्न २१ लाख अमेरिकी डलर खर्च गरेका छन्। गेमको आईटमका लागि धेरै रकम खर्च गर्नेमा जापान र थाइल्याण्डका प्रयोगकर्ता क्रमश दोस्रो र तेस्रो स्थानमा रहेका छन्।
रिस्पोन इन्टरटेनमेन्टका लागि पहिलो हप्ताको आम्दानी महत्वपूर्ण कोसेढुंगाको रुपमा रहेको छ। एपेक्स लेजेन्डको प्रमुख प्रतिद्वन्द्वीको रुपमा रहेको पब्जी मोबाइल सन् २०१८ मा सार्वजनिक हुँदा पहिलो हप्तामा जम्मा ६ लाख अमेरिकी डलर मात्रै आम्दानी गरेको थियो।
प्रकाशित: १३ जेष्ठ २०७९, शुक्रबार