
काठमाडौं ।
ओप्पो ए५७ फोरजी हिलियो जी३५ प्रोसेसर र फास्ट चार्जिङमा उपलब्ध हुने
भएको छ।
यस अघि कम्पनीले गत अप्रिलमा ८१० प्रोसेसर र ५जी कनेक्टिभिटीमा ओप्पो ए५७ बजारमा उपलब्ध गराएको थियो।
नयाँ ओप्पो ए५७ फोरजी भर्सनमा मात्र उपलब्ध छ।
यी दुई भर्सनमा खासै ठूलो भिन्नता छैन। तर फोरजी मोडलमा रहेको ५००० एमएएच ब्याट्री १० वाटको सट्टा ३३ वाटबाट चार्ज हुने जीएसएमएरिनाले लेखेको छ। यद्यपि रिफ्रेश रेट भने ९० हर्जबाट ६० हर्जमा घटाइएको छ।
पूववर्ती ओप्पो ए५७मा जस्तै फोरजीमा ६.५७ इन्चको एलसीडी एचडी प्लस रेजोलुसन छ।
फोन ३ जीबी र्याम र ६४ जीबी स्टोरेजमा उपलबध छ। तर ओप्पो ए५७ फोरजीको र्याम ४ जीबीसम्म बढाउन सकिन्छ। यस्तै स्टोरेज १ टीबीसम्म बढाउन सकिने जीएसएमएरिनाले लेखेको छ।
प्रकाशित: १३ जेष्ठ २०७९, शुक्रबार