
काठमाडौं ।
नेपाल दूरसञ्चार प्राधिकरणले १० ग्राम सुन पाउने बम्पर उपहारसम्बन्धी एसएमएस सम्बन्धमा सचेत रहन सबैलाई आग्रह गरेको छ।
प्राधिकरणले प्रति महिना २० रुपैयाँमा सब्सक्राइब गर्न भनेर एउटा लिंक समावेश गरी बम्पर पुरस्कारका रुपमा १० ग्राम सुन जित्न सकिने भनी सर्वसाधारणको मोबाइलमा आइरहेको “BUMPER OFFER of the year Subscribe to this link https://bit.ly/31glDPU in just NPR 20/week and get a chance to win grand prize of 10gms Gold” एसएमएसका बारेमा सचेत रहन उपभोक्ताहरुलाई आग्रह गरेको हो।
उक्त एसएमएसका बारेमा प्राधिकरणले अनुसन्धान गरिरहेको जानकारी दिँदै यसको सत्यतथ्य बाहिर नआउन्जेल उक्त एसएमएसबारे सचेत रहन सूचना जारी गरेको हो।
केही दिनदेखि नेपाल टेलिकमका फोन नम्बरहरुमा यस प्रकारको एसएमएस आइरहेको भन्ने गुनासो आएपछि प्राधिकरणले यस सम्बन्धमा छानबिनको काम अघि बढाउँदै यसबारे सचेत रहन आग्रह गरेको हो।
प्रकाशित: १३ जेष्ठ २०७९, शुक्रबार