बोटको बजेट ‘वेब नियो’ स्मार्ट वाच सार्वजनिक

  • Technology Khabar | १३ जेष्ठ २०७९, शुक्रबार
बोटको बजेट ‘वेब नियो’ स्मार्ट वाच सार्वजनिक

काठमाडौं ।

बोटले वेब नियो स्मार्ट वाच भारतमा सार्वजनिक गरेको छ। स्मार्ट वाचको मूल्य २ हजार भारु भन्दा कम छ।

बोटले तेस्रो वेब स्मार्ट वाच सार्वजनिक गरेर आफ्नो स्मार्ट वाच पोर्टफोलियो विस्तार गरेको छ। कम्पनीले यस अघि वेब लाइट र वेब प्रो स्मार्ट वाच बजारमा उपलब्ध गराइरहेको छ।

बोटले नयाँ वेब नियो स्मार्ट वाच बजेटमुखी ग्राहकको रुचिलाई ध्यानमा राखेर ल्याएको गिगचाइनाले लेखेको छ। नयाँ स्मार्ट वाच फ्लिपकार्टमा उपलब्ध छ।

आकर्षण रंगमा उपलब्ध बोट वेब नियोमा फिटनेस सम्बन्धी उत्कृष्ट फिचर छन्। स्मार्ट वाचमा टचस्क्रिन कलर डिस्प्ले रहेको छ।

स्वास्थ्य र फिटनेस सम्बन्धी १० वटा स्पोटर्स मोड रहेको स्मार्ट वाचमा रहेको शक्तिशाली ब्याट्री फुल चार्जमा एक हप्तासम्म चल्ने कम्पनीको दावी छ।

पानी र धुलो छेक्नका लागि स्मार्ट वाचमा आईपी६८ रेटिङ दिइएको छ। यो रेटिङ जिमका लागि पनि उपयुक्त भएको कम्पनीको दावी छ।

हाल कम्पनीले बोट वेब नियो फ्लिपकार्टमा १७९९ भारुमा उपलब्ध गराइरहेको छ। यो अफर मूल्य हो। अफर सकिए पछि स्मार्ट वाचको मूल्य ५९९० भारु हुने पुग्ने गिगचाइनाले लेखेको छ।

प्रकाशित: १३ जेष्ठ २०७९, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार