सन् १९७७ को ‘वाउ’ सिग्नल १८०० प्रकाश वर्ष टाढाको ताराबाट आएको हुनसक्ने

  • Technology Khabar | १३ जेष्ठ २०७९, शुक्रबार
सन् १९७७ को ‘वाउ’ सिग्नल १८०० प्रकाश वर्ष टाढाको ताराबाट आएको हुनसक्ने

काठमाडौं ।

सन् १९७७ अगस्ट १५ मा एउटा रेडियो टेलिस्कोपमार्फत् ७२ सेकेन्डसम्म ‘वाउ’ सिग्नल आएको थियो।

अहिले लगभग आधा शताब्दीपछि अनुसन्धाताहरुले उक्त आवाजको स्रोतको खोजी गरेका छन्।

हालै मे ६ मा प्रकाशित अध्ययन प्रतिवेदनले उक्त सिग्नल सूर्यजस्तै देखिने पृथ्वीबाट १८०० प्रकाश वर्ष टाढा धनु राशिको तारामण्डलहरुमा रहेको ताराबाट आएको संकेत गरेको छ।

ब्रह्माण्डमा बौद्धिक जीवनको अस्तित्वको खोजी गरिरहेको सर्च फर एक्स्ट्राटेरेस्ट्रियल इन्टेलिजेन्स सेटी ले उक्त सिग्नलका बारेमा अध्ययन गरिरेहको ग्याजेट्स३६०ले उल्लेख गरेको छ।

२०औं शताब्दीको आधादेखि सेटीले दूरदराजका प्राविधिक कुराहरुबाट भएका सम्भाव्य प्रसारणको अध्ययन गर्दै आइरहेको छ।

त्यतिबेला अल्बर्टो क्याबालेरो नामक एक जना शिकारु वैज्ञानिकले उक्त ‘वाउ’ सिग्नल पत्ता लगाएका थिए। उनको खोज त्यतिबेलाको इन्टरनेशनल जर्नल अफ एस्ट्रोबायोलोजीको मे संस्करणमा प्रकाशित भएको थियो।

क्याबालेरोले सूर्यजस्तै देखिने १८०० प्रकाश वर्ष टाढा एउटा तारा भेटिएको र त्यसको नाम २मास १९२८१९८२-२६४०१२३ रहेको बताए।

उनका अनुसार उक्त तारा मानिसले सिग्नल पठाउनका लागि निकै टाढा रहेकोले अन्तरिक्षको कुनै नजिकको स्थानमा रहेको अन्य कुनै ठाउँबाट उक्त सिग्नल आएको हुन सक्ने सम्भावना पनि व्यक्त गरेका छन्।

खगोलविद् जेरी एह्मनले वाउ सिग्नल ओहायव स्टेट यूनिभर्सिटीको बिग इयर नामक टेलिस्कोपमा देखिएको र यो निकै कडा र छिटो दौडने खालको भएकाले १ मिनेट १२ सेकेन्डसम्म सुनिएको बताए।

एह्मनले उक्त सिग्नल सुनिसकेपछि त्यसको प्रिन्टआउटमा ‘वाउ’ शब्द लेखेपछि त्यसको नाम नै ‘वाउ’ भएको थियो।

प्रकाशित: १३ जेष्ठ २०७९, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार