महँगा मोबाइल माथिको प्रतिबन्ध रहर हैन बाध्यता होः बाणिज्य सचिव पाण्डेय

  • Technology Khabar | १३ जेष्ठ २०७९, शुक्रबार
महँगा मोबाइल माथिको प्रतिबन्ध रहर हैन बाध्यता होः बाणिज्य सचिव पाण्डेय

काठमाडौं ।

महँगा मोबाइल माथिको प्रतिबन्ध रहर नभई बाध्यता भएको उद्योग, वाणिज्य तथा आपूर्ति सचिव डा. गणेशप्रसाद पाण्डेयले बताएका छन्।

मोबाइल व्यवसायीका समसामयिक, आर्थिक, बैंकिङ, आयात, एमडीएमएस तथा अवैध गतिविधिसम्बन्धी अन्तरक्रिया कार्यक्रममा सचिव पाण्डेयले सो बताएका हुन्।

हाल सरकारले ६०० अमेरिकी डलरभन्दा माथिको वस्तुको आयातमा प्रतिबन्ध लगाइरहेको छ।

‘धेरै काम मोबाइलबाटै हुने गरेको छ। तर विदेशी मुद्रामा चाप बढेको छ। त्यसैले रहरले नभई बाध्यतावश महँगा मोबाइलको आयातमा प्रतिबन्ध गर्नु परेको हो।’

अवैध कारोबारको सन्दर्भमा उपभोक्ता आफै सुरक्षित हुने पर्ने उनको भनाई छ।

यदि कसैले अवैध कारोबार गरिरहेको जानकारी दिएमा कारबाही गर्न मन्त्रालय तयार रहेको उनले बताए।

प्रकाशित: १३ जेष्ठ २०७९, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...