डिफ्र्याक्टिभ सोलर सेल प्रोजेक्टलाई नासाको २० लाख डलर पुरस्कार

  • Technology Khabar | १३ जेष्ठ २०७९, शुक्रबार
डिफ्र्याक्टिभ सोलर सेल प्रोजेक्टलाई नासाको २० लाख डलर पुरस्कार

काठमाडौं ।

डिफ्र्याक्टिभ सोलर सेलिङ प्रोजेक्टलाई नासाको इन्नोभेटिभ एडभान्स्ड कन्सेप्ट प्रोग्राम अन्तर्गत फेज ३ को स्टाटस प्राप्ट भएको छ।

यो स्टाटससहित उक्त परियोजना सम्पन्न गर्न २० लाख डलरको राशी समेत प्रदान गरिएको छ।

सोलर सेल भनेको अन्तरिक्षयानको पोपल्सन यूनिट हो जसले डुंगाहरुमा लगाइएको पालको जस्तै काम गर्छ। सोलर सेल भने हावाबाट नभई प्रकाशबाट चल्ने गर्छ।

‘डिफ्र्याक्टिभ सेल डिफ्र्याक्शनको अप्टिकल संयन्त्रमा आधारित रहेको हुन्छ जबकि परम्परागत सोलर सेलहरु परावर्तनको नियममा आधारित हुन्छ’, जोन हप्किन्स यूनिभर्सिटी एप्लाइड फिजिक्स ल्याबोरेटरीका प्रोजेक्ट प्रमुख एम्बर ड्युबिलले भनिन्।

ड्युबिल र उनको टोलीले सेल पदार्थको डिजाइन र निर्माणका लागि २० लाख डलर सहयोग शाशी प्रयोग गर्ने टेकक्रन्चले जनाएको छ। उक्त रकमबाट उनीहरुले देशभरका थुप्रै फ्यासिलिटीहरुमा परीक्षण चलाउने पनि बताइएको छ।

प्रकाशित: १३ जेष्ठ २०७९, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार