बीएमडब्ल्यूको नयाँ इलेक्ट्रिक कार आई४ सार्वजनिक, एक चार्जमा ५९० किमी रेञ्ज

Technology Khabar १३ जेष्ठ २०७९, शुक्रबार

काठमाडौं ।

बीएमडब्ल्यूले भारतमा नयाँ इलेक्ट्रिक कार आई४ सार्वजनिक गरेको छ। बीएमडब्ल्यू आई४ ६९ लाख ९० भारु (एक्सशोरुम) मूल्यमा सार्वजनिक गरिएको अटोकारइन्डियाले लेखेको छ।

यो कार ईड्राइभ भेरियन्टमा पेश गरिएको छ। जसको डेलिभरी जुलाई २०२२ देखि शुरु गरिनेछ। यस अघि भारतमा बीएमडब्ल्यूले आईएक्स इलेक्ट्रिक कार सार्वजनिक गरेको थियो।

लुक

डिजाइन तथा लुकको कुरा गर्दा बीएमडब्ल्यू आई४मा अल एलईड हेडल्याम्प, एलईडी डीआरएलएस, एलईडी टेल लाइट्स र १७ इन्चको एरोडायनामिकल्ली डिजाइन गरिएको अलोय ह्वील छ।

यसका साथै क्लोज अफ फ्रन्ट किड्नी ग्रिल, एल सेड टेल लाइट्स र ३ कलर अप्सनमा उपलब्ध छ।

फिचर

बीएमडब्ल्यू आई४ इलेक्ट्रिक कारमा १२.३ इन्चको फुल डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर र १४.९ इन्चको कव्र्ड डिस्प्ले टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम छ।

रमन कार्डन सोस्र्ड सराउन्ड साउण्ड म्यूजिक सिस्टम, पार्क असिस्टेन्ट, वायरलेस चार्जिङ, इन्जिन स्टार्ट-स्टप बटन, ६ एयरब्याग र अपहोल्स्ट्री लगायत फिचर छन्।

ब्याट्री रेञ्ज

कारमा ईड्राइभ ४० भेरियन्ट ८३.९ किलोवाट आवर ब्याट्री छ। यो ब्याट्रीले ३३५ बीएचपी पावर र ४३० एनएम पीक टर्क जनरेट गर्ने क्षमता राख्छ।

बीएमडब्ल्यू आई४ सिंगल चार्जमा ५९० किलोमिटरसम्मको रेञ्ज प्रदान गर्न सक्षम रहेको कम्पनीको दावी छ। चार्जिङका लागि ११ किलोवाटको एसी चार्जर रहेको छ। जसबाट ८ घण्टामा ब्याट्री फुल हुन्छ।

५.७ सेकेण्डमा कार ० देखि १०० किमीको गति लिन सक्षम छ।

प्रकाशित: १३ जेष्ठ २०७९, शुक्रबार

तपाइको प्रतिक्रिया