भियतनामको ईभी निर्माता भिनफास्टले मुख्यालय सिंगापुरमा सार्ने

  • Technology Khabar | १३ जेष्ठ २०७९, शुक्रबार
भियतनामको ईभी निर्माता भिनफास्टले मुख्यालय सिंगापुरमा सार्ने

काठमाडौं ।

भियतनामको भिनफास्टले आफ्नो कानूनी तथा वित्तीय मुख्यालय सिंगापुरमा सार्ने भएको छ।

कम्पनीका सीईओले सम्भाव्य आईपीओ जारी गर्न तथा अमेरिका तथा यूरोपेली बजारका लागि पहिलो ईभी उत्पादन लाइनअप तयार गर्नका लागि मुख्यालय सार्न लागिएको बताए।

भिनफास्टले अमेरिकामा सिंगापुरमा रहेको होल्डिङ कम्पनीमार्फत् आईपीओको आवेदन दिएको छ। तर भिनग्रुपका अध्यक्ष फाम नाट भुओओङले बजार शुरु हुन भने २०२३ सम्म कुर्नुपर्ने सम्भावना रहेको बताएका छन्।

थुएले आईपीओका बारेमा कुनै जानकारी नदिएको र कम्पनीको ईभी विस्तारको योजना उक्त आईपीओको सूचीकरणमा समावेश नगरिको बुझिएको छ।

‘अन्य ठूला कर्पोरेट कम्पनीजस्तै हामी सबै सम्भाव्य वित्तीय कारोबारलाई मध्यनजर गर्नेछौं’, थुएले भने।

प्रकाशित: १३ जेष्ठ २०७९, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार