
काठमाडौं ।
प्लेस्टेशन निर्माता कम्पनी सोनीले निकट भविष्यको योजना सार्वजनिक गरेको छ। अब सोनीले मोबाइल गेममा विशेष ध्यान दिने भएको छ।
वार्षिक लगानीकर्ता सम्मेलनमा कम्पनीले २०२५ सम्म आफ्नो उत्पादनको आधा हिस्सा पीसी तथा मोबाइल गेम हुने बताएको छ। जसले पीएसको अंश घटाउने छ।
सोनीको कुल उत्पादनमध्ये १० हिस्सा मात्र मोबाइल गेमले ओगटेको छ। ३ वर्षमा उक्त हिस्सा दोब्बर बनाएर २० प्रतिशत पुर्याउने योजनामा सोनी रहेको छ।
यसका लागि पीसी र मोबाइल गेमको उत्पादन वृद्धि गर्नेतर्फ सोनीले काम गरिरहेको छ।
साथै सोनीले प्लेस्टेशन ४ मा पनि काम गरिरहेको छ। सोनी प्लेस्टेशन-४ २०२५ मात्र सार्वजनिक हुने सम्भावना रहेको जीएसएमएरिनाले लेखेको छ।
प्रकाशित: १३ जेष्ठ २०७९, शुक्रबार