
काठमाडौं ।
मोबाइल वालेट आइएमई पेले आफ्नो सेवामार्फत क्रिप्टोकरेन्सी, बेटिङ्गलगायतमा भूक्तानी कार्यका लागि दूरुपयोग भईरहेको भन्दै गंभिर ध्यानाकर्षण भएको जनाएको छ।
आइएमई पे वालेट संचालन गर्ने कम्पनी आईएमई डिजिटल सलुसन्स लिमिटेडले नेपाल राष्ट्र बैंकबाट प्रतिबन्धित गैरकानूनी कार्यहरुमा आफ्नो सेवा प्रयोग गर्ने खाताहरु बन्द गर्ने चेतावनी दिएको छ।
आइएमई पेले ग्राहकहरुलाई क्रिप्टोकरेन्सी/बिटक्वाइनलगायतको प्रयोग, माइनिङ्ग तथा वानएक्सबेट तथा बाइनान्स जस्ता अनलाइन गैरकानूनी साइटहरुमा यस संस्थाको नाम जोडिन आएको भन्दै गंभिर ध्यानाकर्षणभएको उल्लेख गरेको छ।
कम्पनीले त्यस्ता खाताहरुलाई कारबाही गर्दै बन्द गरेर अन्य कारबाही समेत गरिने भन्दै त्यस्तो गतिबिधिमा संलग्न नहुन ग्राहकहरुलाई भनेको छ।
यसका साथै आगामी दिनमा कुनैपनि गैरकानूनी गतिबिधिमाथि अझै कडाईका साथ अनुगमन तथा निरिक्षण गरिने समेत उल्लेख गरेको छ।
यसका साथै त्यस्ता अवैध कार्यहरुमा संलग्न खाताहरु तथा साइटहरु विरुद्ध उजुरी दिन समेत अनुरोध गरेको छ।

प्रकाशित: १२ जेष्ठ २०७९, बिहीबार