
काठमाडौं ।
रियलमी प्याड एक्स सार्वजनिक हुने भएको छ। रियलमी प्याड एक्स ३१ मेबाट चीनमा बिक्रीका लागि उपलब्ध हुनेछ। रियलमी प्याड एक्स २ भेरियन्टमा उपलब्ध हुनेछ।
बेसलाइन भेरियन्ट ४ जीबी र्याम र ६४ जीबी स्टोरेजको मूल्य १९३ अमेरिकी डलर तथा टप इण्ड भेरियन्ट ६ जीब र्याम र १२८ जीबी स्टोरेजको मूल्य २३७ अमेरिकी डलर रहेको जीएसएमएरिनाले लेखेको छ।
रियलमी प्याड एक्स फ्लोरसेन्ट ग्रीन, सी ब्लू र स्टार ग्रे कलरमा उपलब्ध हुनेछ।
रियलमी प्याड एक्समा ११ इन्चको एफएचडी प्लस एलसीडी डिस्प्ले, ६९५ स्न्यापड्रागन ६९५ र ८३४० एमएएच ब्याट्री छ।
२००० वाई १२०० पीएक्स डस्प्लेमा ५ः३ एक्सपेक्ट रेसियो र ४५० निट पिक ब्राइटनेस पाउन सकिन्छ। ट्याबलेटले प्रेसर सेन्सेटिभ स्ट्यालस सर्पोट गर्छ जसलाई छुट्टै बिक्री गरिन्छ।
प्याडमा सेल्फीका लागि १०५ डिग्रीको ८ मेगापिक्सलको वाइड एंगल लेन्स छ। मूख्य क्यामरा १३ मेगापिक्सलको रहेको छ।
मिडियाका लागि हाई-रेजोल्युशन अडियो रहेको छ जसमा डल्बी एटमस रियलमी प्याक क्वाड स्पिकर रहेका छन्।
ट्याबलेटको मोटाइ ७.१ एमएम र तौल ४९९ ग्राम छ।
क्वालकमको मिडरेञ्ज स्न्यापड्रागन ६९५ प्रोसेसर रहेको प्याडमा ४ तथा ६ जीबी र्याम र १२८ जीबी स्टोरेज रहेको छ। जसलाई माइक्रोएसडीबाट बढाउन सकिन्छ। यसका रियलमी यूआई ३.० सफ्टवेयर छ।
शक्तिशाली ८३४० एमएएच ब्याट्रीलाई ३३ वाट फास्ट चार्जरबाट चार्ज गर्न सकिन्छ।
प्रकाशित: १२ जेष्ठ २०७९, बिहीबार