
काठमाडौं ।
केन्द्रीय जनसंख्या अध्ययन विभाग, त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा रोल अफ एकेडेमिया फर सेफर मोबिलिटि नामक गोलमेच बैठक मे २३ मा सम्पन्न भएको छ।
त्रिविका रेक्टर शिवलाल भुसालको उपस्थिति र केन्द्रीय जनसंख्या अध्ययन विभागका प्रमुख योगेन्द्रबहादुर गुरुङ्गको अध्यक्षता सम्पन्न भएको सो कार्यक्रममा पद्मकन्या क्याम्पसकी सहप्राध्यापक तथा नासा फाउन्डेसनकी संयोजक भगवती सेडाइले सेफर मोबिलीटिमा एकेडेमियाको महत्वबारे कन्सेप्ट नोट दिएकी थिइन्।
कार्यक्रममा सडक दुर्घटना, घाइते र मृत्युको वर्तमान अवस्था, न्यूनीकरण उपायहरू, डाटा ड्राइभन हस्तक्षेपहरूको उदाहरण र प्रभाव, गुणस्तरीय हेल्मेटको महत्व, सडक सुरक्षा अभिवृद्धि गर्न शैक्षिक तथा अनुसन्धनात्मक संस्थाको भूमिकाबारेमा छलफल भएको थियो।
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा. पवन शर्मा, स्पाइनल इन्जुरी पुनर्स्था पना केन्द्रकी ईशा थापा, धुलिखेल अस्पतालका सहप्रध्यापक डा. सानुकृष्ण श्रेष्ठ र नेपाल नर्सिङ काउन्सिलकी रजिष्ट्रार बिन्दा घिमिरेले सडक ट्राफिक दुर्घटना र मृत्युलाई कम गर्न व्यवहार परिवर्तन सम्बन्धी चेतना आवश्यक रहेको र दुर्घटना पश्चातको उद्धार, उपचार र पुन स्थापनामा द्रुत सेवा जरुरी भएको र सम्पूर्ण स्वास्थ्य संस्थाको एकताको आवश्यकता उल्लेख गरे।
साथै नेपाल स्वास्थ्य अनुसन्धान परिषदका जोट नारायण पटेल, सुदूरपश्चिम विश्वविद्यालयका सहप्रध्यापक दिपकचन्द्र भट्ट, शङ्करदेव क्यापसकी सहायक क्यापस प्रमुख मिखा श्रेष्ठले सडक सुरक्षा सम्बन्धी पाठ्यक्रम आवश्यक रहेको र सडक दुर्घटना न्यूनीकरणका लागि नासा नेपालसँग साझेदारी गर्नु पर्ने भनाइ राखे।
नेपाल विज्ञान तथा प्रविधि पज्ञा प्रतिष्ठान (नास्ट)की कविता पाण्डे, साइकलिस्ट अभियन्ता डा. तारालाल श्रेष्ठ , काठमाडौं शिक्षा क्यापसकी सुजना श्रेष्ठ , पाटन बहुमुखी क्याम्पसका दिपेन्द्र सिजापति, भक्तपुर बहुमुखी क्याम्पसकी लक्ष्मी बस्याल, रत्न राज्यक्याम्पसकी रिता कार्की लगायत विभिन्न विज्ञहरुले अध्ययन, अनुसन्धान र नीतिगत हस्तक्षेप गर्नुपर्ने धारणा व्यक्त गरे।
नासा नेपाल, स्वतन्त्र अभियान नेपाल, नासा फाउन्डेसनद्वारा सञ्चालित सो कार्यक्रममा मोटरसाइक्लिङ सुरक्षाको लागि सुरक्षित हेल्मेट, सडक सुरक्षा सांकेतिक रुपमा सुरक्षित हेल्मेटको बारेमा ज्ञान दिलाउनका लागि एफआईए हेल्मेट वितरण गरिएको थियो।
सेफर मोबिलिटिको निम्ति शैक्षिक तथा अनुसन्धनात्मक संस्थाले ग्लोबल एलाएन्स र नासा नेपालसँग साझेदारी गर्ने गरी बैठक बाट ७ सदस्यीय टिमको गठन गरिएको छ।
प्रकाशित: १२ जेष्ठ २०७९, बिहीबार