१० महिनामा कति भित्रिए मोबाइल फोन? सबैभन्दा बढी कुन देशबाट?

  • Technology Khabar | १२ जेष्ठ २०७९, बिहीबार
१० महिनामा कति भित्रिए मोबाइल फोन? सबैभन्दा बढी कुन देशबाट?

काठमाडौं ।

नेपालमा यो आर्थिक वर्षको शुरुवाती १० महिनामा ३७ अर्ब हाराहारीको मोबाइल फोन आयात भएको छ।

भन्सार विभागले हालै अद्यावधिक गरेको आर्थिक वर्ष २०७८/७९ को २०७९ वैशाख मसान्तसम्मको आँकडा अनुसार नेपालमा ३६ अर्ब ९४ करोड १५ लाख २० हजार रुपैयाँ बराबरका ५३ लाख ६५  हजार ११६ ओटा मोबाइल फोन भित्रिएका छ।

यो आँकडा अघिल्लो महिना अर्थात् २०७८ चैत्र मसान्तसम्म ३४ अर्ब ९७ करोड ९७ लाख ८९ हजार रुपैयाँ बराबर थियो।

यसरी हेर्दा १ महिनाको अवधिमा अर्ब १ अर्ब ९६ करोड १७ लाख ४० हजार रुपैयाँ बराबरका मोबाइल फोन थपिएका देखिन्छ।

यो आँकडा पनि पहिलेका महिनामा झैं बार फोन तथा स्मार्टफोन लगायत सेलुलर प्रविधिमा आधारित मोबाइल डिभाइसहरुको समग्र आँकडा भएको प्रतिवेदनमा उल्लेख छ।

मानिसहरुका लागि कोरोना महामारीका बेला सूचना र सञ्चार तथा लेखपढ र कामसम्मको सहयोगीका रुपमा चिनिएको मोबाइल फोन प्रयोग गर्नेको सङ्ख्या दिनप्रतिदिन वृद्धि हुँदै गएको देखिएको छ।

सबैभन्दा बढी चीनबाट – ४२, ४६, २८० थान

यीमध्ये सबैभन्दा बढी २२ अर्ब १ करोड ९६ हजार रुपैयाँ बराबरको ४२ लाख ४६ हजार २८० ओटा मोबाइल फोन चीनबाट आयात पाइएको छ।

यसपछि भियतनामबाट १ अर्ब ६१ करोड ४६ लाख ९५ हजार रुपैयाँ बराबरको २ लाख  ३ हजार ५६९ थान,  भारतबाट १२ अर्ब, ५२ करोड २१ लाख ६७ हजार बराबरको ८ लाख ८१ हजार ७ सय थान, बंगलादेशबाट १० करोड ३ लाख १६ हजार रुपैयाँ बराबरको ११ हजार ५१५ थान मोबाइल फोन आयात भएका प्रतिवेदनले देखाएको छ।

यस्तो छ १० महिनामा आयात भएका मोबाइल फोनको आँकडा:

देशसङ्ख्यारकमदेशसङ्ख्यारकम
चीन४२, ४६, २८०२२, ००, १९, ६००००अस्ट्रेलिया८४८५, ४१, ३९, ०००
भारत८, ८१, ७००१२, ५२, २१, ६७, ०००द कोरिया१, ६३६२, ६८, १८, ०००
भियतनाम२, ०३, ५६९१, ६१, ४६, ९५, ०००कतार३६४३, ७७, ०३, ०००
बंगलादेश११, ५१५१०, ०३, १६, ०००बेलायत१७७१,५०,१५,०००
यूएई३, ४०२२७, २८, ७७, ०००मलेसिया१३९३३, ७७, ०००
अमेरिका२, ६१०१४, २५, ७४, ०००सेन्ट भिन्सेन्ट एन्ड द ग्रेनाडाइन्स७, ०००२७, ३८, ०००
हङकङ१,०६०३, ७६, ४८, ०००साउदी अरेबिया८४६३, ०५, ०००
कुवेत३, १०८५१, ६७, ०००क्यानडा५१३०, ६२, ०००
जापान१, २४६७, ५०, ३३, ०००सिंगापुर५६४१, ७२, ०००

यसबाहेक अन्य ४५ देशबाट ६३ लाख ५ हजार देखि २ हजार रुपैयाँसम्मका ३६४ देखि १ थानसम्म परिमाणका मोबाइल फोन आयात भएका देखिन्छ।

प्रकाशित: १२ जेष्ठ २०७९, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...