वालमार्टले ६ ओटा राज्यहरुमा ड्रोन डेलिभरी सेवा विस्तार गर्ने

  • Technology Khabar | १२ जेष्ठ २०७९, बिहीबार
वालमार्टले ६ ओटा राज्यहरुमा ड्रोन डेलिभरी सेवा विस्तार गर्ने

काठमाडौं ।

वालमार्टले अमेरिकाको ६ वटा राज्यहरुमा ड्रोन डेलिभरी सेवा विस्तार गर्ने भएको छ।

वालमार्टले विगत २ वर्षदेखि अमेरिकाको विभिन्न भूभागमा ड्रोन डेलिभरी कार्यक्रम परीक्षण गरिरहेको छ। अहिले कम्पनीले उक्त सेवा विस्तार गर्ने घोषणा गरेको हो।

सन् २०२२ को अन्यसम्म खुद्रा बिक्रेताले आफ्नो ड्रोनअप नेटवर्कमा ३४ वटा साइटहरु थप्ने योजना बनाएको छ।

उक्त विस्तारका साथ एरिजोना, अर्कान्सस, फ्लोरिडा, टेक्सस, उताह (यूत:) र भर्जिनियाका करिब ४० लाख घरधुरीहरुले वाटमार्टबाट ड्रोन डेलिभरीको सुविधा प्राप्त गर्न सक्नेछन्।

ड्रोन डेलिभरी शुल्क ४ अमेरिकी डलर रहेको छ। यो सुविधा उपभोग गर्नका लागि १० पाउन्डसम्मका वस्तुहरु अर्डर गर्नुपर्ने इनग्याजेटले लेखेको छ।

यो सेवाबाट वालमार्टले ३० मिनट भित्रमा डेलिभरी दिने लक्ष्य राखेको छ। सन् २०२२ को अन्त्यसम्ममा वालमार्टको वार्षिक १० लाख प्याकेजहरु हवाई मार्गबाट डेलिभरी गर्ने क्षमता पुग्ने अनुमान गरिएको छ।

प्रकाशित: १२ जेष्ठ २०७९, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार