
काठमाडौं ।
कल अफ ड्युटी: मोडर्न वारफेयर २ गेम आगामी अक्टोबर २८ मा सार्वजनिक हुने भएको छ।
यो गेम सन् २०१९ मा आएको मोडर्न वारफेयरको सिक्वेल रहेको इन्ग्याजेटले जनाएको छ।
एक्टिभिजन ब्लिजार्डले एउटा टिजर भिडियो सार्वजनिक गरेको थियो जसमा गेमप्लेको सट्टा जोन सोप, म्याकटाभिस, साइमन गोस्ट राइले, क्याप्टेन जोन प्राइस, काइल गाज ग्यारिक तथा अलेजान्द्रो भार्गाज जस्ता गेमका केही पात्रहरुको आर्टवर्क राखिएको थियो।
टिजरमा जे-८-२२ भन्ने लेखिएको छ जसले २०२२ को जुन ८ मा सार्वजनिक हुने भन्ने कुरालाई संकेत गरेको आकलन गरिएको छ। यो मिति समर गेम फेस्ट तथा एक्सबक्स र बेथस्डाजस्ता गेमहरु आउनुभन्दा केही अघि हो।
वारजोन रिलिज गरेको इन्फिनिटी वार्डले नै कल अफ ड्युटीको टाइटल सार्वजनिक गर्ने र उक्त ब्याटल रोयल गेमको अझ अपग्रेडेड मोडर्न वारफेयर २२ गेम यसै वर्षको अन्त्यमा आउने इन्ग्याजेटले उल्लेख गरेको छ। यी दुवै गेम नयाँ इन्जिनसहित आउने बुझिएको छ।
मोडर्न वारफेयर २ एक्टिभिजन ब्लिजार्डका लागि महत्वपूर्ण कल अफ ड्युटी टाइटल रहँदै आएको छ। सबैभन्दा पछिल्लोपटक सार्वजनिक भएको कल अफ ड्युटी: भ्यानगार्ड सन् २०२१ को सबैभन्दा बढी बिक्री भएको थियो।
प्रकाशित: १२ जेष्ठ २०७९, बिहीबार