ग्याँसको भाउ बढ्दै गर्दा विद्युतीय इन्डक्शन/इन्फ्रारेड चुलोको आयातमा वृद्धि

  • Technology Khabar | १२ जेष्ठ २०७९, बिहीबार
ग्याँसको भाउ बढ्दै गर्दा विद्युतीय इन्डक्शन/इन्फ्रारेड चुलोको आयातमा वृद्धि
सांकेतिक तस्विर
Global IME Bank

काठमाडौं ।

नेपालमा यो आर्थिक वर्षको शुरुवाती १० महिनामा २१ करोड ६३ लाख २२ हजार रुपैयाँ बराबरका स्मार्ट विद्युतीय चुल्हो आयात भएका छन्।

यी विद्युतीय चुल्होमा इन्डक्शन तथा इन्फ्रारेड दुवै प्रविधिका चुल्होहरु समावेश रहेको छ।

यो आँकडा अघिल्लो महिना अर्थात् २०७८ चैत्र मसान्तसम्मको तुलनामा ४ करोड ५७ लाख ८२ हजार रुपैयाँले बढी हो।

चैत्र मसान्तसम्म नेपालमा १७ करोड ५ लाख ४० हजार रुपैयाँ बराबरका ८१ हजार ३८२ थान इन्डक्शन/इन्फ्रारेड चुल्हो आयात भएकामा वैशाख मसान्तसम्मको एक महिनाको अवधिमा १७ हजार ६६६ थान वृद्धि भएको प्रतिवेदनमा उल्लेख छ।

केही समययता देशमा लोडशेडिङ हटेको र सरकारले पनि ग्यास तथा पेट्रोलियमको सट्टा विद्युतमा आधारित उपकरणहरुको अत्यधिक प्रयोग गरी देशमा उत्पादि बिजुली खपत गर्न आग्रह गरे अनुसार यस्ता विद्युतीय ग्याँसको सट्टा चुल्होहरुको प्रयोग बढ्दै गइरहेको पाइएको छ।

यसैगरी केही महिनाका बिचमै अत्यावश्यक खाना पकाउने ग्यासमा पटकपटक मूल्य वृद्धि गरिएपछि अब यसको विकल्प खोज्नुपर्ने बाध्यता पनि आइपरेको देखिन्छ।

भन्सार विभागले हालै अद्यावधिक गरेको आर्थिक वर्ष २०७८/७९ को २०७९ वैशाख मसान्तसम्मको आँकडा अनुसार नेपालमा यो आर्थिक वर्षको शुरुवाती १० महिनामा ९९ हजार ४८ ओटा इन्डक्शन/इन्फ्रारेड चुल्होहरु भित्रिएका छन्।

यी समग्र विद्युतीय चुल्होहरु चीन, भारत तथा इन्डोनेसिया, बंगलादेश र यूएई गरी पाँच देशबाट आयात गरिएको तथ्याङ्क छ।

चीन: इन्डक्शन – ६४, ०९८ थान, इन्फ्रारेड – २५, १५५ थान

१० महिनामा आयात भएका समग्र ९९ हजार ४८ इन्डक्शन/ इन्फ्रारेड चुल्होहरुमध्ये सबैभन्दा धेरै चीनबाट ६४ हजार ९८ थान इन्डक्शन तथा २५ हजार १५५ थान इन्फ्रारेड चुल्होहरु भित्रिएका पाइएको छ।

उक्त परिमाणका इन्डक्शन चुल्होको मूल्य १३ करोड ९० लाख ५५ हजार रुपैयाँ तथा इन्फ्रारेड चुल्होको ५ करोड ४५ लाख ६६ हजार रुपैयाँ रहेको प्रतिवेदनमा उल्लेख छ।

भारत: इन्डक्शन: ८, ८४६ थान, इन्फ्रारेड – ७४२ थान

यसपछि भारतबाट १ करोड ९८ लाख ६९ हजार बराबरको ८ हजार ४४६ थान इन्डक्शन तथा १७ लाख १२ हजार रुपैयाँ बराबरको ७४२ थान इन्फ्रारेड चुल्हो आयात गरिएका छन्।

इन्डोनेसिया: इन्डक्शन – ६ थान, इन्फ्रारेड – x

यस्तै इन्डोनेसियाबाट भने चीन र भारतको तुलनामा निकै नगण्य परिमाणमा इन्डक्शन चुल्हो ल्याइएको छ भने इन्फ्रारेड चुल्हो आयात भएको देखिँदैन।

इन्डोनेसियाबाट ६ लाख ७ हजार रुपैयाँ बराबरको इन्डक्शन चुल्हो आयात भएको छ।

यूएई: इन्डक्शन – १ इन्फ्रारेड – ०

यो अवधिमा यूएईबाट ४ हजार रुपैयाँ बराबरको १ थान इन्डक्शन चुल्हो आयात भएको छ भने इन्फ्रारेड चुल्हो भने ल्याइएको छैन।

बंगलादेश: इन्डक्शन – २०० इन्फ्रारेड – ०

यस्तै बंगलादेशबाट पनि ५ लाख ८० हजार रुपैयाँ बराबरको २०० थान इन्डक्शन चुल्हो आयात भएको छ भने इन्फ्रारेड चुल्हो नल्याइएको प्रतिवेदनले देखाएको छ।

देशइन्डक्शनमूल्यइन्फ्रारेडमूल्य
चीन५२, ४५४१०, ७२, ६१, ०००२१, २३४४, ५७, ३८०००
भारत७, २४६१,५८, ५८, ०००४४२१०, ७५, ०००
इन्डोनेसिया६, ०७, ०००
यूएई४,०००
बंगलादेश२००५, ०८, ०००

प्रकाशित: १२ जेष्ठ २०७९, बिहीबार

Sajilo Visa
तपाइको प्रतिक्रिया

ताजा समाचार