
काठमाडौं ।
विश्व दूरसञ्चार विकास सम्मेलनमा भाग लिन सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्की रुवान्डाको किगाली जाने भएका छन्।
मङ्गलबार बसेको मन्त्रिपरिषद् बैठकले गरेको निर्णय अनुसार उनी यहि जेठ २३ देखि असार २ गतेसम्म रुवान्डाको किगालीमा आयोजना हुने विश्व दूरसञ्चार विकास सम्मेलनमा भाग लिन जान लागेका हुन्।
मन्त्रिपरिषद् बैठकको निर्णयलाई बुधबार सार्वजनिक गर्दै सञ्चारमन्त्री कार्कीले सो भ्रमणको जानकारी दिए।
यसका साथै नेपाल सरकारका नायव महान्यायाधिवक्ता डा. टेक बहादुर घिमिरे अमेरिकामा संचालन हुने साइबर सेक्यूरिटी लिडरसिप प्रोग्राम तथा तालिममा सहभागी हुनका लागि मन्त्रिपरिषद्ले स्वीकृत गरेको छ।
प्रकाशित: ११ जेष्ठ २०७९, बुधबार