मेटलाइफको डिजिटल रिक्रुटमेन्ट सोलुसन प्लेटफर्म शुरु

  • Technology Khabar | ११ जेष्ठ २०७९, बुधबार
मेटलाइफको डिजिटल रिक्रुटमेन्ट सोलुसन प्लेटफर्म शुरु

काठमाडौं ।

मेटलाइफ नेपालले डिजिटल माध्यमबाट बीमा सल्लाहकारहरू भर्ना गर्नका लागि नेपालमै पहिलो पटक मेटलाइफ एजेन्सी रिक्रुटमेन्ट सोलुसन (मार्स) प्लेटफर्म शुरू गरेको छ।

बीमा सल्लाहकारहरूको छनोट तथा भर्नाका लागि ल्याइएको यस डिजिटल सोलुसनको अनावरण मेटलाइफका उपाध्यक्ष तथा महाप्रबन्धक निर्मल काजी श्रेष्ठले अन्य वरिष्ठ अधिकारीहरूसँग कम्पनीको मुख्य कार्यालय काठमाडौंमा गरेका हुन्।

मार्समा इच्छुक बीमा अभिकर्ताहरूले अनलाइन नयाँ खाता खोली, आवश्यक कागजातहरू अपलोड गरेर आफ्नो प्रोफाइल बनाउन सक्नेछन्।

साथै, आफूलाई चाहिने अनिवार्य तालिम प्रशिक्षणहरू लिन र इजाजत पत्रहरूकालागि पनि अनलाइन नै आवेदन दिन सक्ने बताइएको छ। यसका अतिरिक्त उम्मेद्वारहरूले आफ्नो लागि प्रबन्धक पनि आफैँ छनौट गर्न सक्छन्।

कम्पनीका उपाध्यक्ष तथा महाप्रबन्धक निर्मल काजी श्रेष्ठका अनुसार यस अनलाइन सोलुसनले नेपालका विभिन्न स्थानहरूबाट कम्पनीलाई नयाँ अभिकताहरू भर्ना गराउन सक्षम बनाउनुका साथै देशभरका धेरै ग्राहकहरूमाझ मेटलाइफको बीमा सुरक्षाका फाइदाहरू पुर्‍याउन मद्दत गर्नेछ।

उनले यस डिजिटल पोर्टलले कम्पनीका सबै सरोकारवालाहरूलाई मेटलाइफसँग काम गर्न थप सजिलो र सुविधाजनक बनाउन नयाँ डिजिटल प्लेटफर्महरू प्रस्तुत गर्ने प्रतिबद्धतालाई मजबुत बनाएको बताए।

प्रकाशित: ११ जेष्ठ २०७९, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार