
काठमाडौं ।
मोटोरोलाले केही समय अघि नयाँ फोल्डएबल स्मार्टफोन रेजर ल्याउने आधिकारिक घोषणा गरिसकेको छ। रेजर ३ उचित रुपमा स्न्यापड्रागन ८प्लस र जेन १ एसओसी सर्पोट गर्ने फ्ल्यागसिप ग्रेड बन्न गइरहेको छ।
आज उक्त डिभाइसको छोटो ह्यान्ड्स-अन भिडिया बाहिरिएको छ।
नयाँ फोनमा सन् २०१९ को रेजर र २०२० को रेजर फाइभजीको तुलनामा डिजाइनमा भिन्नता देख्न सकिन्छ। नयाँ फोनले बटममा रहको ट्रेडमार्क रेजर चिन गुमाएको छ। यो फोन विगतको रेजर भन्दा पनि सामसङको फिल्प्ससँग मिल्दो जुल्दो छ।
मोटोरोला रेजर ३ मा २ मुख्य क्यामरा छ। सेल्फीका लागि सेन्टर होल पञ्च इनर फोल्डिङ स्क्रिन रहेको छ।
फिंगर प्रिन्ट स्क्यानर साइड माउन्टेड पवार बटममा रहेको छ। रेजरको ट्रेडर्माको रुपमा रहेको ठूलो स्क्रिन पनि नयाँ फोनमा पाउन सकिन्छ।
प्रकाशित: ११ जेष्ठ २०७९, बुधबार