काठमाडौं उपत्यकामा विद्युत आपूर्तिसम्बन्धि गुनासो सुन्नका लागि कल सेन्टर

  • Technology Khabar | ११ जेष्ठ २०७९, बुधबार
काठमाडौं उपत्यकामा विद्युत आपूर्तिसम्बन्धि गुनासो सुन्नका लागि कल सेन्टर

काठमाडौं ।

नेपाल विद्युत प्राधिकरणले काठमाडौं उपत्यका भित्रका ग्राहकहरुको गुनासो सुनुवाई गर्नका लागि कल सेन्टर संचालनमा ल्याएको छ।

सो कल सेन्टरमा ग्राहकहरुले विद्युत आपूर्तिसम्बन्धि गुनासो तथा सूचना एवं जानकारीहरु एकै स्थानबाट प्राप्त गर्न सक्नेछन्।

सो कल सेन्टर २४ सै घण्टा संचालनमा हुने विद्युत प्राधिकरणले जनाएको छ ।

सो कल सेन्टरमा सम्पर्क गर्न सिधै ११५० मा कल गर्न सकिनेछ।
काठमाडौं उपत्यका भित्रका ग्राहकहरुले विद्युत आपूर्ति सम्बन्धि कुनै गुनासो तथा सूचना एवं जानकारीहरु भएमा ११५० मा डायल गरेर सम्पर्क गर्न सकिने जनाएको छ।

प्रकाशित: ११ जेष्ठ २०७९, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...