एप्पल म्याकबुक प्रो, स्टुडियो डिस्प्लेलगायत उपकरण ढुवानीमा ढिलाइ

  • Technology Khabar | ११ जेष्ठ २०७९, बुधबार
एप्पल म्याकबुक प्रो, स्टुडियो डिस्प्लेलगायत उपकरण ढुवानीमा ढिलाइ

काठमाडौं ।

कोभिड-१९ महामारीको बढ्दो प्रकोप र नयाँ लकडाउनका कारण चिनियाँ उद्योग मारमा परेका छन्। यसबाट आपूर्ति श्रृंखलतामा नकारात्मक असर पारेको गिज्जचाइनाले उल्लेख गरेको छ।

रिर्पोटअनुसार फेब्रुअरीका लागि अर्डर गरिएका नयाँ म्याकबुक प्रोको डेलिभरी जुाईमा भएको थियो।

एप्पलको म्याकबुक प्रो, आईम्याक, म्याक स्टुडियो र स्टुडियो डिस्प्ले लगायत अन्य उत्पादनहरुमा ढिलाइ भइरहेको छ। आपूर्ति श्रृंखलामा देखिएको समस्याका कारण यी उपकरणको ढुवानी अगस्टसम्म ढिलाइ हुनेछ।

मेको शुरुमा एक प्रयोगकर्ताले फेब्रुअरीमा १६ इन्चको म्याकबुक प्रोको कस्टम कन्फिगरेसन अर्डर गरेको जानकारी दिएका थिए । उक्त उपकरणको डेलिभरीमा ढिलाइ भएको गिज्गचाइनाले समाचार लेखेको छ।

जुनको अन्त्य वा जुलाईको शुरुवातमा मात्र आफ्नो उपकरण ढुवानी गर्ने भनेर एप्पलले अपडेट दिएको छ। यो ढिलाइ १४ इन्च र १६ इन्च म्याकबुक प्रो मोडेलहरुले पनि सामना गर्नुपर्नेछ। कम्पोनेन्टहरु खरिद गर्दा पनि थप ढिलाइ हुनेछ।

एप्पपल एम१ प्रो तथा म्याक्स चिप, मेमोरी कार्ड स्टोरेजको ढुवानी समय अगस्ट ८ रहेको छ।

प्रकाशित: ११ जेष्ठ २०७९, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Bajaj Nepal unveils the upgraded Dominar 400 in grand launch event

  • Technology Khabar
  • ११ जेष्ठ २०७९, बुधबार