ह्वावेद्वारा क्यामरा सेन्सर कम्पनी लाइकासँगको साझेदारी टुंगिएको घोषणा

  • Technology Khabar | ११ जेष्ठ २०७९, बुधबार
ह्वावेद्वारा क्यामरा सेन्सर कम्पनी लाइकासँगको साझेदारी टुंगिएको घोषणा

काठमाडौं ।

चिनियाँ स्मार्टफोन कम्पनी ह्वावेले क्यामरा सेन्सर कम्पनी लाइकासँगको आफ्नो साझेदारी टुंगिएको घोषणा गरेको छ।

ह्वावेले लाइकासँग सन् २०१६ देखि आफ्ना स्मार्टफोनमा प्रयोग गर्नका लागि क्यामरा सेन्सरका लागि साझेदारी गर्दै आइरहेको थियो।

कम्पनीले हालै लाइका र आफ्ना दुई कम्पनीबिच रहँदै आएको सहकार्य मार्च ३१ बाट टुंगिएको सुनिश्चित गरेको बताएको एन्ड्रोइड अथोरिटीले जनाएको छ।

संयोगका रुपमा दुई दिन अघिमात्र अर्को चिनियाँ स्मार्टफोन कम्पनी शाओमीले लाइकासँग साझेदारी गरेको सार्वजनिक गरेको थियो।

ह्वावे र लिइकाबिचको साझेदारी टुंगिएपछि अब भने कम्पनीको पी५० तथा पी५० प्रो स्मार्टफोन लाइकाको क्यामरायुक्त अन्तिम फोन हुने प्रस्ट भएको छ।

गत वर्षको मे महिनामै लाइकाले ह्वावेको बजार हिस्सा खस्केकाले आफ्ना उत्पादन अन्तै पठाउने योजना बनाएको बताइएको छ।

शाओमी तथा अनर लाइकाको नयाँ साझेदार बन्न सक्ने चर्चा चलिरहँदा शाओमीले यो बाजी मारेको छ।

यससँगै कम्पनीको पहिलो लाइका क्यामरायुक्त फोन आगामी जुलाईमा आउने र सम्भवत: यो डिभाइस शाओमी १२ अल्ट्रा हुन सक्ने आकलन गरिएको जीएसएमएरिनाले उल्लेख गरेको छ।

प्रकाशित: ११ जेष्ठ २०७९, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार