भारतमा पहिलो पटक कियाको इलेक्ट्रिक कार इभी६ सार्वजनिक हुँदै

  • Technology Khabar | ११ जेष्ठ २०७९, बुधबार
भारतमा पहिलो पटक कियाको इलेक्ट्रिक कार इभी६ सार्वजनिक हुँदै

काठमाडौं ।

भारतमा कियाको इलेक्ट्रिक कार सार्वजनिक हुने भएको छ। भारतमा कियाले पहिलो पटक इलेक्ट्रिक कार सार्वजनिक गर्न लागेको हो।

उक्त कारको नाम रहेको किया ‘इभी६’।

किया इन्डियाका अनुसार इभी६ सन् २०२२ जुन २ मा भारतमा सार्वजनिक गरिनेछ।

विश्व बजारमा किया इभी६ दुई ब्याट्री विकल्पमा उपलब्ध छ। एउटा ५८ किलोवाटआवर यूनिट र अर्को ७७.४ किलोवाटआवर यूनिट रहेको छ।

किया इभी६ को बेस आरडब्ल्यूडी भर्सनले २२५ बीएचपी पावरमा २५० एनएम टर्क जेनरेट गर्छ।

टप एण्ड एडब्ल्यूडी भर्सनले ३४५ बीएचपीमा ६०५ एनएम टर्क जेनरेट गर्छ।

कार ५ कलर विकल्पमा उपलब्ध रहेको कारवालेले समाचार प्रकाशित गरेको छ।

फिचर र स्पेसिफिकेसन

किया इभी६ मा एलईडी हेडल्याम्प, स्लीक ग्रल, १९ इन्च एलोय ह्विल, एलईडी टेल लाइट र बुट लिडमा चल्ने लाइट बार र डुअल टोन रियर बम्पर तथा शार्क फिन एन्टेना रहेको छ।

इन्स्टुमेन्ट क्लस्टर र इन्फोटेनमेन्स सिस्टमका लागि १२.३ इन्चको ठूलो टच स्क्रिन छ। डुअल जोन क्लाइमेट कन्ट्रोल, मल्टीपल ड्रइभ मोड लगायत फिचर छन्।

प्रकाशित: ११ जेष्ठ २०७९, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...