
काठमाडौं ।
सरकारले राष्ट्रिय परिचय पत्रलाई सबै सरकारी सेवाहरुसँग जोड्ने भएको छ।
सरकारको आगामी आर्थिक वर्ष २०७९/८० को लागि सरकारको नीति तथा कार्यक्रम आज संसदको संयुक्त बैठकबाट सार्वजनिक गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय परिचय पत्रलाई तदारुकताका साथ बितरण गरिने घोषणा गरिन्।
उनले सबैलाई राष्ट्रिय परिचय पत्रलाई तदारुकताका साथ बितरण गरिने र सबै सरकारी सेवाहरुसँग जोड्ने घोषणा गरिन्।
यसका साथै उनले सूरक्षा क्षेत्रमा पनि सूचना प्रविधिको प्रयोगलाई जोड दिएको घोषणा गरिन्।
सरकारले आगामी बजेटमार्फत सूरक्षा सूचना प्रणालीको प्रयोग गरी शान्तिसुरक्षा र अपराध नियन्त्रणको लागि काम गर्ने भएको छ।
जसमा साइबर अपराध, मिटरब्याजी लगायत सबै प्रकारका अपराधमा सुरक्षा निकायलाई सक्षम बनाईने भएको छ।
यसैगरी न्याय प्रणालीका लागि विद्युतीय प्रणालीको प्रयोग गरेर पहुँच पुयाईने भएको छ भने लेखा परीक्षण कार्यमा सूचना प्रविधिको प्रयोग गरेर क्षमता बढाईने भएको छ।
यसका साथै प्रवासमा रहेका नेपालीलाई मताधिकारको प्रयोग गर्नसकिने बनाउनका लागि आगामी आबको बजेटमा सूचना प्रविधिको प्रयोग गरि भोट हाल्न सकिने बनाउने नीति लिने भएको छ।
प्रकाशित: १० जेष्ठ २०७९, मंगलवार