‘डिजिटल हेल्थ’का लागि एकीकृत स्वास्थ्य उपचार सूचना प्रणाली

  • Technology Khabar | १० जेष्ठ २०७९, मंगलवार
‘डिजिटल हेल्थ’का लागि एकीकृत स्वास्थ्य उपचार सूचना प्रणाली

काठमाडौं ।

सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत डिजिटल हेल्थलाई प्रबद्र्धन गरिने भएको छ। यसको लागि स्वास्थ्य क्षेत्रमा डिजिटल र सूचना प्रविधिको प्रयोग गरिने भएको छ।

सरकारको आगामी आर्थिक वर्ष २०७९/८० को लागि सरकारको नीति तथा कार्यक्रम आज संसदको संयुक्त बैठकबाट सार्वजनिक गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले डिजिटल हेल्थलाई प्रबर्द्धन गरिने घोषणा गरिन्।

त्यसैगरी सरकारले सबै नागरिकहरुको स्वास्थ्य अभिलेख राख्ने भएको छ।

यसको लागि सरकारले प्रत्येक नागरिकको स्वास्थ्य अभिलेखका लागि एकीकृत स्वास्थ्य उपचार सूचना प्रणाली लागू गर्ने भएको छ।

प्रकाशित: १० जेष्ठ २०७९, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार