आगामी बजेटमा स्टार्टअपलाई प्रबर्द्धन गर्ने नीति

  • Technology Khabar | १० जेष्ठ २०७९, मंगलवार
आगामी बजेटमा स्टार्टअपलाई प्रबर्द्धन गर्ने नीति

काठमाडौं ।

सरकारले आगामी आर्थिक वर्षको बजेटमा स्टार्टअपलाई प्रबर्द्धन गर्ने नीति लिने भएको छ।

सरकारको आगामी आर्थिक वर्ष २०७९/८० को लागि सरकारको नीति तथा कार्यक्रम आज संसदको संयुक्त बैठकबाट सार्वजनिक गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले स्टार्टअपमैत्री बजेट ल्याउने घोषणा गरिन्।

“नवप्रवर्तनमा आधारित स्टार्टअप संचालन र सहजिकरण गरिने छ। उद्यमशिलता र बौद्धिक संरक्षण नवप्रवर्तन सिपको आधुनिकिकरण मार्फत युवालाई स्वदेशमै उद्योग गर्न आकर्षित गरिनेछ,” राष्ट्रपतिले घोषणा गरिन्।

यसका साथै घरेलु तथा लघु उद्यमहरुलाई प्रविधि हस्तान्तरण र उद्यमशिलताको विकासलगायतका प्याकेज तयार गरिने भएको छ भने साना उद्योगमा नवप्रवर्तन अपनाउने भएको छ।

प्रकाशित: १० जेष्ठ २०७९, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार