अब टिकटकरले सब्स्क्राइबरबाट पैसा कमाउने सक्ने

  • Technology Khabar | १० जेष्ठ २०७९, मंगलवार
अब टिकटकरले सब्स्क्राइबरबाट पैसा कमाउने सक्ने

काठमाडौं ।

टिकटकको मुख्य कम्पनी बाइटडान्सले टिकटक प्रयोगकर्ताका लागि सःशुल्क सब्स्क्रिप्सन अप्सन घोषणा गरेको छ।

टिकटक प्रयोगकर्ताले आफूलाई मन पर्ने टिकटकरलाई सःशुल्क सब्स्क्राइब गरेर सहयोग गर्न सक्छन्।

यो नयाँ फिचरसँगै टिकटकरहरु लाइभ बस्दा आफ्नो समर्थकहरुका लागि सब्स्क्राइबर अन्ली च्याट, क्रिएटर अन्ली इमोट्स, ब्यान्डेजलगायत टुल्स प्रयोगमा ल्याउन सक्छ। जसको मध्यमबाट सब्स्क्राइबर र गैर-सब्स्क्राइबरमा भिन्नता देखिन्छ।

उक्त जानकारी टिकटक लाइभ क्रिएटर पेजमा पोस्ट गरेर दिइएको थियो। यो सःशुल्क सब्स्क्रिप्सन अप्सन मे २६ देखि बिटा भर्सनमा लन्च हुनेछ।

यस महिनाको शुरुमा टिकटकले योग्य क्रिएटरहरुसँग विज्ञापन बापत आर्जन हुने राजश्वको हिस्सा पनि साझेदारी गर्ने घोषणा गरेको थियो।

टिकटकरहरु लाइभ बस्दा दर्शकहरुबाट उपहारहरु पनि प्राप्त गर्ने गर्छन्। उक्त उपहारहरु इन-एप करेन्सी‍को रुपमा आउनेछ जुन वास्तविक पैसासँग साट्न सकिन्छ।

टिकटक लाइभ सब्स्क्रिप्सन सुविधासँगै टिकटकरहरुको नयाँ आम्दानीको स्रोत थप हुनेछ। सब्स्क्राइबरबाट प्राप्त हुने रकमको कति हिस्सा टिकटकले लिन्छ भन्ने विषय हालसम्म खुलाइएको छैन।

टेकक्रन्चका अनुसार टिकटक लाइभ सदस्यताको मूल्य ट्विटर सदस्यता सेवासँग तुलनीय हुनेछ। सदस्यता योजना प्रति महिना ४.९९ अमेरिकी डलरदेखि अधिकतम २४.९९ अमेरिकी डलर हुने पूर्वअनुमान छ।

टिकटका अनुसार यो सेवा लिनका लागि १८ वर्ष वा सोभन्दा माथि हुनु पर्नेछ। कम्तीमा एक हजार फलोअर्स भएका टिकटकरले मात्र सब्स्क्रिप्सन वितरण गर्न पाउँछन्।

कम्पनीले यो कार्यक्रम हाल निश्चित प्रयोगकर्ताका लागि मात्र उपलब्ध गर्ने दावी गरेको छ।

प्रकाशित: १० जेष्ठ २०७९, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...