
काठमाडौं ।
करिब ६ महिना अघि कम्प्युटर टाइकन बिल गेट्सले नयाँ भाइरसले मानव जीवनलाई पुन प्रभावित पार्नेछ भनेर गरेको भविष्यवाणी सत्य सावित भएको छ।
कोभिड-१९ महामारी पूर्ण रुपमा उन्मूलन नभइसकेको अवस्थामा विभिन्न देशहरु नयाँ भाइरस ‘मंकीपक्स’ को चपेटामा आउन थालेका छन्।
बिल गेट्सको चेतावनी स्पेन, बेलायत, पोर्चुगल, अमेरिका, अर्जेन्टिनालगायत देशहरुमा मंकीपक्सको उदयसँगै साकार भएको मार्का डटकमले लेखेको छ।
बेलायती संसदका सदस्य जेरेमी हन्टसँगको अन्तर्वार्तामा अमेरिकी अर्बपतिले गत वर्ष सम्भावित आतंकवादी हमलामा स्मलपक्स भाइरस समावेश हुन सक्ने औंल्याएका थिए।
उनले अहिले यो भाइरस फैलिनबाट रोक्नका लागि सम्भावित उपाय के हुन सक्छ भनेर प्रश्न उठाएका छन्।
प्रकाशित: १० जेष्ठ २०७९, मंगलवार